समलिङ्गी जोडी रिकी मार्टिन र ज्वान योसेफको छोरीको जन्म

Ricky martin inyzttuotr

काठमाडौं ।  ल्याटिन पप किंग भनिने गायक रिकी मार्टिन र उनका पार्टनर आर्टिस्ट ज्वान योसेफको घरमा छोरीको जन्म भएको छ । रिकीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा फोटो पोष्ट गरेर यसबारे जानकारी दिएका हुन् ।

उनले छोरीको हात समातेको फोटो सेयर गर्दै लेखे, ‘हामी एक सुन्दर र स्वस्थ छोरीको आमा–बुवा भएको खबर सार्वजनिक गर्न पाउँदा निकै खुसी भएका छौं । हामीले उसको नाम लूसिया मार्टिन योसेफ राखेका छौं । लुसिया हाम्रो लागि क्रिसमसको अनौठो उपहार हुन् ।’

रिकी आफ्नो पोष्टमा थप्छन्, ‘लुसियाका दुई दाइ र हामी दुई उनको प्रेममा परिसकेका छौं । यो हाम्रो लागि निकै विशेष समय हो । छोरीले हामीलाई कहाँ लैजालिन्, यसको प्रतिक्षामा छौं ।’

योसेफले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा छोरीको फोटो सेयर गरेकी छिन् । रिकी दुई वर्षदेखि पार्टनर योसेफसँग समलिङ्गी सम्बन्धमा छन् । रिकीले गत वर्षको सुरुवातमा एक टेलिभिजन कार्यक्रममा आफ्नो विवाहको घोषणा गरेका थिए । ग्रामी अवार्ड जितिसकेका रिकीको ९ वर्षका जुम्ल्याहा छोरा मोटेओ र भ्यालेन्टिनो पनि छन् ।

प्रतिकृया दिनुहोस