बंगलादेशमा भएका हिंसात्मक घटनामा १२ जनाको मृत्यु

Bangaladesh vot

ढाका । बंगलादेशमा आइतबार सम्पन्न आमनिर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा १२ जनाको मृत्यु भएको छ ।

विपक्षीहरुले चुनावअघि आफ्ना कार्यकर्तामाथि सरकारले ज्यादती गरेको आरोप लगाउँदै आएका छन् । निर्वाचनका बेला प्रहरीको कारबाहीमा ३ र सत्तारुढ अवामी लिग पार्टी र विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताबीचको झडपमा अरु ८ जनाको मृत्यु भएको छ भने एक जना प्रहरी जवानको विपक्षी दलका कार्यकर्ताले गोली चलाउँदा मृत्यु भएको छ ।

प्रधानमन्त्री शेख हसिना ऐतिहासिक चौथो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा छन् । बंगलादेशको आइतबारको चुनावमा बलियो सुरक्षा व्यवस्था गरिएको थियो । स्थानीय समय अनुसार मतदान अपराह्न चार बजेसम्म भएको थियो ।
चुनावी पर्यवेक्षणले प्रधानमन्त्री हसिनाको दल विजयी हुने अनुमान गरेका छन् । यस चुनावमा विजयी भए शेख हसिना चौथो पटक प्रधानमन्त्री बन्ने पक्कापक्की छ ।

बंगलादेशका नेताहरुले प्रधानमन्त्री हसिनाको कार्यकालमा बंगलादेशको आर्थिक विकासमा अभूतपूर्व प्रगति भएको बताएका छन् । साथै, प्रधानमन्त्री हसिनाले छिमेकी मुलुक म्यान्मारबाट भागेका लाखौं रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायलाई आश्रय दिएकामा पनि धेरैले उहाँको कदमको सराहना गरेका छन् ।

तर, कतिपय आलोचकहरुले प्रधानमन्त्री हसिनाले विपक्षीमाथि निर्मम दमन गरेको बताएका छन् । हसिनाले विपक्षी नेतृ एवं पूर्व प्रधानमन्त्री खालेदा जिया भ्रष्टाचारको आरोपमा १७ वर्ष जेलमा परेकी थिइन् ।

प्रतिकृया दिनुहोस