बागलुङ: भीरबाट लडेर महिलाको मृत्यु

Dead

गलकोट, १५ पुस । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–३ हिले निवासी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार स्थानीय हिलेको भीरमा घाँस काट्न गएकी ३१ वर्षीया उजेली रसाइलीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रसाइली घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर करीब १०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको शवलाई परीक्षणका लागि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको र आइतबार शव परीक्षणपछि परिवारलाई शव बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...