कालिकोट: अग्नीपीडितको घर प्रदेश सकारले बनाइदिने

Kalikot8362

कालिकोट । कालिकोटका अग्नीपीडितको घर प्रदेश सरकारले बनाइदिने भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले जिल्लाको पलाता गाउँपालिका खाडागाउँका अग्नीपीडितको घर प्रदेश सरकारले निर्माण गर्ने बताए । । मुख्य मन्त्री शाहीले जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यस्तो जानकारी गराएका हुन् ।


उनले पीडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोगका साथै प्रति परिवार पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय प्रदेश सरकारले गरेको बताए । शाहीले पलाताका धेरैजसो घरहरु खरले छाएको हुनाले फेरि पनि यस्ता खालका विपत् आइलाग्न सक्ने भन्दै खरले छाएका सबै घरलाई कर्कटपाता वितरण गर्ने बताए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले आगलागिले मानविय कुनै क्षति नभएपनि तीन करोड ६ लाख ३३ हजार बराबरको क्षति भएको जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...