इजिप्टमा गराइएको विस्फोटमा चार जनाको मृत्यु, १२ घाइते

Magydi bomb

काठमाडौं । इजिप्टमा पर्यटक बसलाई लक्षित गरी गराइएको विस्फोटमा तीन जना पर्यटकसहित चार जनाको मृत्यु भएको छ ।

जिगा पिरामिड नजिकै पर्यटक बसलाई लक्षित गरी भएको विस्फोटमा तीन जना भियतनामी पर्यटक र एक स्थानीय गाइडको मृत्यु भएको हो ।

घटनामा १२ जना घाइते भएका छन् । भियतनामबाट गएका १४ जना पर्यटकलाई लिएर गइरहेको बस जिगा पिरामिड नजिकैको बाटोको छेउमा विस्फोट भएको हो ।

दुर्घटनामा घाइते १२ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।

विस्फोटको जिम्मेवारीले कसैले पनि लिएको छैन । यसअघि इस्लामिक स्टेटले पर्यटकलाई लक्षित गर्दै आक्रमण गर्ने गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...