पिकनिक हिडेको स्कुल बस दुर्घटना, १० को मृत्यु १३ को अबस्था गम्भीर

Accide

काठमाडौं । विद्यार्थी बोकेर पिकनिक हिडेको स्कुल बस पल्टदा १० को मृत्यु १३ को अबस्था गम्भीर भारतको गुजरातको डाक जिल्लामा स्कुल बस दुर्घटना भएको छ ।

स्कूल बस खोल्सामा खसेपछि दश जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते १३ विद्यार्थीहरूको अवस्था गम्भीर छ । चालकले सन्तुलन गुमाए र बस ३०० फिट गहिरो खोल्सामा खसेको बताइएको छ ।

सबै विद्यार्थी र शिक्षकहहरू बनभोजको लागि जाँदै थिए। दुर्घटना पछि, ७७ जना मानिसहरुलाई अस्पतालमा ल्याइएको छ । जसमध्य १० जनालाई अस्पतालले मृत भएको जनाएको छ ।

घटनामा परि गम्भिर अवस्थामा रहेकाहरुलाई सूरत पठाइएको छ। प्रशासनले सबै घाइतेहरुको लागि निःशुल्क उपचार घोषणा गरेको छ। बसमा एक कक्षा देखि सात कक्षामा सम्मका विद्यार्थीहरु सवार थिए। प्रहरीका अनुसार मर्नेहरुको संख्यामा बढौंती हुन सक्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका ४ कर्मचारी संगठनले बुझाए सभामुखलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र

Karmachari gyapan dkt

धनकुटा । धनकुटाका विभिन्न ४ वटा कर्मचारी संघ संगठहरुले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ल...