ज्वालमुखीका कारण २२२ जनाको मृत्यु, ८४३ जना घाइते

Sunami 1 mbhluorcds

काठमाडौं । इन्डोनेसियाको क्रेकातोआमा ज्वालामुखी अझै पनि सक्रिय अवस्था रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

नयाँ सुनामी आउन सक्ने चेतावनी दिँदै त्यहाँ आसपासका तटीय इलाकामा बसोबास गर्ने मानिसहरुलाई अन्यत्र जानका लागि आग्रह गरिएको छ ।

शनिबार राति आएको सुनामीका कारण २२२ जनाको ज्यान गैसकेको छ । मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ । प्रभावित क्षेत्रमा हराएका मानिसहरुको खोजी कार्य भैरहेको छ ।

इण्डोनेसिया सरकारका अनुसार सुनामी पछि कम्तीमा ८४३ जनाको जना घाइते भएका छन् । केही मानिसहरु हराइरहेका छन् ।

सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको छ । इण्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीले बताएअनुसार सुनामीका कारण सयौं घर तहसनहस भएका छन् ।

वालामुखी विस्फोटपछि समुन्द्र भित्र गएको पहिरोको कारण सुनामी आएको त्यहाँका अधिकारीहरुले बताएका छन् । सुनामी गएको ठाउँ जाभा र सुमात्रा टापुको बीचमा पर्छ । यसले जाभा सागरलाई हिन्द महासागरसँग जोडेको छ ।

के हो सुनामी, कसरी आउँछ ?
समुद्रमुनि जब हलचल हुन्छ, त्यसले विशाल र अग्ला छालहरू बनाउँछ । यसरी उठेका छालहरु ठूलो वेगका साथ अगाडि बढ्छन् । यही छाललाई सुनामी भन्ने गरिन्छ ।

शाब्दिक अर्थमा यसलाई बुझ्ने हो भने ‘सुनामी’ जापानी शब्द हो । जापानी भाषामा सु भनेको समुद्र तट र नामी भनेको छाल हो ।

समुद्रमा छालहरू चन्द्रमा, सूर्य तथा ग्रहहरूका गुरुत्वाकर्षणका कारण उत्पन्न हुने गर्छन् । सुनामी छाल उत्पन्न हुने कारण भने अन्य छालहरु भन्दा बेग्लै छ ।

समुद्रमा सुनामी आउनुको प्रमुख कारण भूकम्प हो । यसबाहेक जमिन धस्सिने, ज्वालामुखी विस्फोट हुने र कहिलेकाहीँ उल्का वर्षाका कारण पनि सुनामी लहर उठ्ने गर्छ ।

प्रतिकृया दिनुहोस