योमरी प्रदर्शनीमा पाटन क्षेत्रका ४० टोलको सहभागिता 

Yomari purnima

काठमाडौं । नेवार समुदायले मनाउने जात्रा योमरी पूर्णिमालाई अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले ज्यापु समाज यलले पाटन दरवार क्षेत्रमा बिहीबार योमरी प्रदर्शन गरेको छ। प्रदर्शनीमा पाटन क्षेत्रका ४० टोलले सहभागिता जनाएका छन्।


परनिर्भरताबाट मुक्त भएपछिको उत्सवमा बालार्चन राजाले बलभद्रको शिलामूर्ति बनाई थिलापून्हिको दिनमा योमरी चढाइ जात्रा सुरु गरिएको दिनलाई थिलापुन्ही अर्थात् योमरी पूर्णिमाको रूपमा मनाइन थालिएको बूढापाका बताउँछन्।


विशेष गरी उपत्यकाको नेवार समुदायले मनाउने यो जात्रा लिच्छविकालका राजा अंशुवर्माका छोरा बालार्चनले खेतीपाती गर्ने मानिसको कमी भएपछि बलभद्र भन्ने बलवान व्यक्तिलाई खेत खन्न लगाएर काम सुरुवात गरेपछि फसल सप्रिएर खाद्यान्नमा परनिर्भरताबाट मुक्त भएको कथनसँग जोडिएको छ।

 

खेतीपातीसँग प्रत्यक्ष सम्बन्ध रहेको यमरी पुन्हिलाई नेवा संकृतिको विशेष संकृतिको रूपमा मनाइन्छ। यो चाडमा चामलको पिठो, चाकु, तील आदि राखिएको पौष्टिक तत्त्वले भरीपूर्ण योमरी खानाको रूपमा लिइने प्रचलन छ।

 

नेवार समुदायले यो चाडलाई गणेश, कुबेर, लक्ष्मी आदि विभिन्न किसिमका आकृतिमा बनेका योमरी बनाइ भकारीमा चढाएर र रमाइलो गीतका गाउँदै टोलमा गएर योमरी मागेर यो चाड मनाउने चलन छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...