सान्ता क्लज बनेर अस्पताल पुगेका ओबामाको फोटो सामाजिक सञ्जालमा भाइरल

Barak santa 2

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बासिंटन डीसीस्थित चिल्ड्रेन्स नेशनल हस्पिटल पुगेर क्रिसमसको अवसरमा बालबालिकालाई उपहार बाँडेको विषय सार्वजनिक भएको छ ।

 

सान्ता क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा धोक्रो बोकेर अस्पताल आएका ओबामालाई देखेर धेरै व्यक्ति आश्चर्यमा परे। उनले बिरामी बालबालिकाहरुलाई भेटेर उपहार बाँड्नुका साथै तस्वीरसमेत खिचाएकाछन् । आफ्ना बालबालिकाको बिमारीबाट चिन्तित अभिभावकलाई ओबामाले सहानुभूति पनि दिएका छन् । अस्पतालमा ९० मिनेट बिताएका उनले चिकित्सक तथा नर्ससँग भलाकुसारी समेत गर्न भ्याए ।

 

बालबालिकालाई दिने उपहारको धोक्रो बोकेर हिँडेका ओबामाको फोटो र भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ । अमेरिकाभन्दा पनि रवाफिलो जीवनशैली बिताउने नेता भएका देशमा यसले बढी चर्चा बटुलेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...