दश वर्ष पछी थिमिमा नवदुर्गा नाच प्रदर्शन हुने

Navadurga

काठमाडौं । दश वर्षपछि मध्यपुर थिमिमा भक्तपुरको धार्मिक र सांस्कृतिक महत्वको नवदुर्गा प्रदर्शन हुने भएको छ । थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र वडा–४ का वडाअध्यक्ष कुमार श्रेष्ठको विशेष पहलमा यो वर्षदेखि नवदुर्गा नाच पुनः प्रदर्शन हुने लागेको हो ।

एक दशकअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देव गणमाथि ज्यादती गरेको भन्दै जात्राको बीचमै भक्तपुर फर्किएको नवदुर्गापछि मध्यपुर नाच प्रदर्शन गर्न लगाएका हुन् । काठमाडौँ उपत्यकालगायत २१ ठाउँमा प्रदर्शन गर्ने यो नाच यमरी पूर्णिमादेखि सात दिन थिमिमा प्रदर्शन गरिन्छ ।

यस वर्षदेखि थिमिमा पुनः नवदुर्गा नाच प्रदर्शन गर्न जाने तयारी भइरहेको नवर्दुगा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिए । उनले मध्यपुर थिमि नपा प्रमुख मदनसुन्दर श्रेष्ठ र वडा नं ४ का अध्यक्ष कुमार श्रेष्ठसँग दुई बुँदे सहमति भएपछि पुनः प्रदर्शन गर्न जाने तयारी गरेको बताए।

सचिव बनमालाले थिमिमा नाच प्रदर्शन गर्ने जाने विषयमा विभिन्न चरणमा छलफल गरी देवगणलाई थिमिमा सात दिनसम्म खाने बस्ने व्यवस्थासँगै उनीहरुको पारिश्रमिकस्वरुप नगद रु पाँच लाख माग गरेको जानकारी दिए। माग पूरा भए आउँदो पुस ७ गते योमरी पूर्णिमाको दिनदेखि सात दिनसम्म थिमिका विभिन्न स्थानमा नवदुर्गा नाच प्रदर्शन हुने उनले बताए ।

थिमिमा जाने बेला देवगणसहित करीब ३०/४० जनाको सङ्ख्यामा त्यहाँ नियमित सात दिनसम्म बस्नुपर्छ । नवदुर्गा देवगण यमरी पूर्णिमाको दिन साँझ थिमि बालकुमारी बसी त्यहाँबाट नाच प्रदर्शन गरी थिमिकै चपाचो, नगदेश, बोडे र सूर्यविनायक नगरपालिकाको दधिकोट र गाम्चासम्म जानुपर्ने परम्परा रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...