उत्तर कोरिया अमेरिकासँग आक्रोसित, आणबिक क्षेप्यास्त्र बनाउने चेतावनी

North korea missile lunch

काठमाडौं । अमेरिकाले उत्तर कोरियासँग फेरि निहु खोजेको छ । उसले उत्तर कोरियाका तीन वरिष्ठ अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाको पछिल्लो कदमपछि उत्तर कोरिया फेरि आक्रोसि भएको छ ।

अमेरिकी पछिल्लो निर्णयको प्रतिक्रिया दिँदै उत्तर कोरियाले फेरि आणबिक हतियार विकास गर्ने चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकी निर्णय नसच्चिए प्योङयाङको निशस्त्रीकरण अभियानलाई सदाको लागि बन्द गर्ने बताएको छ । अमेरिकाले गत सोमबारमात्रै तीन उत्तर कोरियाली अधिकारीविरुद्ध प्रतिबन्ध लागाएको घोषणा गरेको थियो ।

गत जुन १२ मा उत्तर कोरियाका नेता किम जोन उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच सिंगापुरमा आणबिक निशस्त्रीकरण गर्नेबारे सहमति भएको थियो । अमेरिकाको पछिल्लो कदमले उक्त सहमति तोड्ने उत्तर कोरियाले बताएको छ ।

सिंगापुर वार्तापछि सम्बन्धमा सुधार भएको अपेक्षा गरिएको थियो तर अमेरिकाको पछिल्लो कदमल त्यसमा फेरि तुषारापात भएको छ । अमेरिका आफ्नो कदमबाट पछि नहटे उत्तर कोरियाले फेरि आणबिक हतियार विकासमा लाग्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...