थाइल्याण्डमा कसरी घन्कियो ‘सयौं थुंगा’को ठाउँमा श्रीमान् गम्भीर नेपाली प्रचण्ड...?

Thailanda purano git

काठमाडौं ।
सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची–महाकाली ।

यो नेपालको राष्ट्रिय गीत हो । तर, शनिबार थाइल्याण्डमा यो गीत बज्दा लाग्छ नेपाल ‘सयौं थुंगा फुलका थुंगा हामी’ नेपालको राष्ट्रिय गीत होइन, यो त कुनै गीत मात्रै हो ।

आइतबार नेपालका राजनीतिक दलहरुले कालो दिन मनाए । तर, दलहरुले कालो दिन मनाउने तयारी गरिरहेका बेला थाइल्याण्डमा शनिबार पुरानै शाषणको झल्को दिने गरी पुरानो राष्ट्रिय गानको धुन बजाइयो । अर्थात् श्रीमान् गम्भीर नेपाली, प्रचण्ड प्रतापी भूपति ।’

शारीरिक सुगठन खेलाडी महेश महर्जनले ७५ केजी तौल समुहमा नेपाललाई स्वर्ण पदक दिलाउँदा नेपालमा खुसीयाली पनि मनाइयो । तर, महर्जनलाई पदक दिने बेला आयोजकले हालको राष्ट्रिय गीत नबजाई किन बजाइयो पुरानो गीत ?

नेपालको राष्ट्रिय गीत ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ हो भन्ने जान्दा जान्दै आखिर किन र कुन प्रयोजनले बजाइयो पुरानो राष्ट्रिय गान अर्थात् श्रीमान् गम्भीर नेपाली, प्रचण्ड प्रतापी भूपतिको धुन ?’

२०६२/६३ सालको लोकतान्त्रिक आन्दोलनबाट शाही शासन अन्त्य भएपछि अन्तरिम संसदको स्वीकृतीमा राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४ मा ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ छानेर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो, जुन २०६४ वैशाख ७ गते राष्ट्रिय गानका रूपमा छानिएको छ ।

यो गति राष्ट्रिय गानको रुपमा छनौट हुँदा १ हजार २ सय ९२ रचनाहरूलाई पाखा पारेको थियो । तर, शनिबार आश्चर्यचकित पार्नेगरी पुरानो राष्ट्रिय गीत बज्यो । किन यसरी यो बज्यो ? खोजीको विषय हुन सक्छ । हुन त नेपालका नेताहरुको कार्यशैली देख्दा पनि विदेशी पनि वाक्क भएका हुन सक्छन् । त्यो फरक पाटो हो । तर, नेपालको राष्ट्रिय गीतको ठाउँमा पुरानो गीतको धुन बजाइनुको पछाडी कुनै न कुनै रहस्य पक्कै पनि हुनुपर्छ ।

नेपालको राजा र राष्ट्रको निम्ति समर्पित हुनेगरी सन् १९६२ मा तयार ‘श्रीमान् गम्भीर नेपाली, प्रचण्ड प्रतापी भूपति’ लाई नेपालको ‘राष्ट्रिय गान’ को रुपमा मानिएको थियो । यो गीतको संगीत सन् १८९९ मा बखतबहादुर बुढापिर्थीले गरेका थिए भने शब्द रचना चक्रपाणि चालिसेले सन् १९२४ मै गरेका थिए ।

त्यसयता यो गीतले लामो समयसम्म राजसंस्थाकै प्रतिनिधित्व गरिरह्यो । तर, २०६२/०६३ को जनआन्दोलनले यसलाई विस्थापित ग¥यो । त्यसयता गीत मात्रै होइन, शाषण सत्तौ परिवर्तन पनि ग¥यो । २४० वर्ष लामो राजसंस्थाको इतिहास पनि नामेट ग¥यो ।

यो त एउटा इतिहासको कुरा भयो । तर, जब नेपालमा गणतन्त्र आयो, त्यसपछि नेपाली जनताले रंगी विरंगी शाषकहरु देख्न पाए । एउटा राजा फ्याँकेर ल्याइएको शाषण प्रणाली कार्यान्वयन गर्न नसक्दा फेरि जनतालाई उही राजतन्त्र नै ठिक रहेछ भन्ने लाग्ने बनाएको छ । जनतामा निरासा छाएको छ । ठीक यही बेला थाइल्याण्डमा शनिबार बजेको पुरानो राष्ट्रिय गीतले कतै विदेशी शक्तिहरु राजतन्त्र फर्काउन त लागेका छैनन् ? भन्ने प्रश्न जन्माइदिएको छ ।

काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेझै नेपालका नेताहरुको कार्यशैलीले वाक्क बनेका जनतालाई ‘जुन जोशी आए पनि कानै चिरेको’ भन्ने लाग्न थालेको बेला थाइल्याण्डमा बजेको पुरानो राष्ट्रिय गीतको धुन बज्नुले अब फेरि राजतन्त्र गन्ध आउन थालेको आभास दिलाउँछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...