धर्ममाथिको प्रहार र बजारीकरणमा सरकारको मौन समर्थन !

Janakraj pathak 1

मंसिर ४ गतेदेखि काठमाडौंमा भएको एसिया प्यासिक समिटको नाममा नेपाल सरकार सह आयोजक हुँदा नेपाल र नेपालीको धर्म, संस्कृत, परम्परामाथि प्रहार गरेको छ । सबै देशले आफ्नो परम्परा, मुल्य मान्यता, संस्कृति र संस्कारलाई जिवित राख्न चाहन्छन् । तर, हाम्रो देशमा त महान क्रान्तिकारी माक्र्सवादीहरु दुई तिहाइको मतको बलमा यस्तो संस्कृतिलाई भत्काउन लागेको देखियो ।

नेपाल धर्मनिरपेक्ष राष्ट्र नहुँदा पनि सबै धर्म धार्मिकरुपमा स्वतन्त्र थिए । तर, आज देश हिन्दु राष्ट्र नभए पनि सबै स्वतन्त्र छैनन् । संसारभरी बदनामी कमाएका विवादित चर्चका मालिक्नी, जो आफुलाई जिससकी छोरी दाबी गर्छिन्, उनी एक्लैले नेपाल सरकार र यसका महत्वपूर्ण अंगहरुलाइ आफुसामु नतमस्तक बनाइन् । प्रधानमन्त्री र सरकारी लोगो उनीसामु झुक्यो । यसले हिन्दु धर्मसँग जोडिएका सबै संस्थामाथि प्रहार गर्न सरकार उद्दत छ भन्ने प्रमाणित गरेको छ । कुनै शक्तिले सरकारलाई झुक्न बाध्य पारेकै हो त ? यो सोचनीय छ ।

हिजो हामीले क्रान्तिकारी एवं परिवर्तनकारी ठानेर जनताले मत दिए । तर, त्यो मतको यो सरकार दुरुपयोग गर्दैछ । यो सरकारलाई कुन माक्र्सवादी भौतिकवादले लम्पसार पारेर जिससको छोरीको आशिर्वाद सहितको जल खुवायो ? के कम्यूनिष्टहरुको भौतिकवाद केवल हाम्रो संस्कृति मास्न मात्रको लागि हो त ?

संसारका कयौ देशले प्रवेश अनुमति नदिएका, कतै कर छलिको अभायोगमा जेल सजाय भोगेका, घोषित रुपमै धर्मलाई बजारीकरण गर्न गर्न हिडेका, जसको आफ्नै छोरासँगको सम्बन्धसमेत अत्यन्तै कटुतापूर्ण छ । जसलाई स्वयं उनकै छोराले नगरवधुको संज्ञा दिएका छन्, त्यस्तो व्यक्तिलाई नेपाल भित्र्याएर त्यसको सम्मेलन गर्न दिइनु उपयुक्त थिएन ।

त्यसमा पनि बिरामी हुँदा हुँदै प्रधानमन्त्री ३ दिनसम्म त्यहि प्रयोजनको लागि होटलमा बस्नु कदापी सही थिएन । त्यसमा पनि करिव १५ सय उच्च पदस्थलाई जल पिलाएर आशिर्वाद दिएर यो मुलुकको संस्कृतिको जग हल्लाउँदा मौन बस्नु आफैंमा लज्जाको विषय पनि हो । यसले नेपालको संस्कृतिमाथि धावा बोलेको छ । हाम्रो परम्परामाथि निर्मम प्रहार भएको छ ।

धर्म निरपेक्षको नाममा यो जे भयो, त्यो अत्यन्तै गलत भयो । तर, बबुरो हामीले यसलाई टुलुटुलु हेर्नु शिवाय केहि गर्न सकेनौ । केहि राष्ट्रवादीहरु (डा. प्रकाशचन्द्र लोहनी, डा. बाबुराम भट्टराइ, भीम रावल, गोविन्द निरौला) लगायतले यसको सक्दो विरोध गरे । तर राज्यको अगाडि उनीहरुको स्वर सानो भयो, निरीह देखियो । कांग्रेसले यसको औपचारिक विरोध वा समर्थन गरेन । तर, त्यहि भित्रका केहि थान नेताहरु चाहीँ गनगन गरे । डा. लोहनी धर्म रक्षाको निमित्त सानो जमात लिएर सडकमा निस्किएका थिए । तर, दमनकारी सरकारले ४ पाइला पनि बढ्न दिएन । डा. भट्टराई र रावल डाडामाथि बसेर कराए । तर सुन्ने कोही भएन । निरौलाहरुले सम्मेलनको विरोधमा पर्चा बाढे, त्यसको कुनै अर्थ नै रहेन ।

यसले नजानिँदो पाराले देशको साँचो कसैले मुठ्ठिमा राखेको भान हुन थालेको छ । यस्तो मुलुकको परिवेश र परिस्थातिको मुल्याङन गर्ने की नगर्ने ? भौतिकवादको नाममा मुलुकको धर्म संस्कृति मास्न उद्दत यो सरकारको गतिविधिलाई रोक्ने कि नरोक्ने ? यदि रोक्ने हो भने यो काम एक शसक्त, परम्परावादी, राष्ट्रवादी तथा प्रजातन्त्रवादी समुह वा दलले मात्र सक्छ । नेपाली कंग्रेसभित्रका केहि नेताहरु धर्मको बारेमा आवाज उठाउन थालेका त छन् । तर त्यो राजनैतिक स्वार्थसँग गासिएको छ कि छैन ? आजको टडकारो प्रश्न बनेको छ । तर, सरकारी लाचरताले यो प्रश्नलाई गौण बनाइदिएको छ ।

वास्तवमै मुलुकको अवस्था विश्लेषण गर्ने हो भने कहाली लाग्दो छ । भ्रष्टाचार मौलाएको छ । राजनैतिक अपराध बढिरहेको छ । आर्थिक अराकता बढिरहेको छ । सरकार स्थायी शान्ति र समृद्दिको नारालाई भजाएर सत्ताको दुरुपयोग गरिरहेको छ । सरकार अधिनायकवादतर्फ उन्मुख छ । अदालत र प्रेसमाथिको यसको आक्रमण पहिलो पाइला हो । विस्तारै प्रजातन्त्र र धर्म संस्कृत मास्न विदेशीको इसारामा सरकार अघि बढेको प्रस्ट हुन्छ ।

एकताका केही सवाल
केहि राष्ट्रवादी पार्टीहरु चाहीँ वास्तवमै नेपाल र नेपालीको पहिचानको लागि नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भनेर लागेका छन् । जस्तै राप्रपा प्रजातिका नामधारीहरु पनि यसका लागि लागेको भनिएको छ । तर आजको दिनमा टुट, फुट, गुट, उपगुटबाट ग्रसित यसको स्वरले बजारमा मुल्य पाएको छैन वा बिक्रि हुँदैन । यसको बजार नराम्रो खस्किएको छ । मेचिदेखि महाकाली, हिमालदेखि तराइसम्म यो पार्टीलाई मन पराउनेहरुको एउटै स्वर छ पार्टी एकता गरेर आउनु ।

हिजो राप्रपाको नाममा ज्यान गुमाएका, सम्पति हरण भएका, दुःख पाएका हुन् वा राप्रपाकै नाममा सामाजिक प्रतिष्ठा आर्जन गरेका वा सुख सुविधा पाएका सबैको एउटै स्वर छ, पार्टी एकता आजको आवश्यकता । तर, किन यो सम्भव भइरहेको छैन ? नेतृत्व यसमा किन सचेत छैन ? यो न जनताले बुझ्न सकेका छन्, न त यसका नेतृत्वले नै ।

यस्तो अवस्थामा मुलुकप्रतिको दायित्वबोध र जिम्मेवारीको गहनतालाई मध्यनजर गर्दै राप्रपा एक हुने कि नहुने ? आफ्नो हठका कारण कार्यकर्तालाई बली चढाएर कहिलेसम्म हिडने हो ? मुलुकको यो हाँक र चुनौतिलाई सामाना गर्ने एक शसक्त राष्ट्रवादी र प्रजातन्त्रवादीहरुको दलको रुपमा राप्रपालाई स्थापित गराउने कि नगर्ने ?

पहिलो पुस्ताले अबको दिनमा कहिल्यै नफुट्ने जनतासामु प्रतिज्ञा गरेर कार्यकर्ता माझ आत्मालोचना गर्दै मेची महाकाली हिड्ने र आउँदो निर्वाचनमा यसलाई नेतृत्वदायी दलको रुपमा यसलाई स्थापित गराउने हो भने बेलैमा सचेत हुनुपर्छ । नत्र यो एउटा इतिहासको कथाको रुपमा मात्रै गुञ्जिन सक्छ । त्यसका लागि नेृत्वले सही भुमिका निर्वाह गर्न सक्नुपर्छ । यदी सबैथोक म मात्रै हुँ र मैले बाहेक अरु कसैले गर्न सक्दैन भन्ने नेतृत्वको बाल हटलाई कायम राख्ने हो भने अहिलेदेखि नै कार्यकर्ताले आफ्नो बारे सोच्नुपर्ने हुन सक्छ ।

(लेखक एराप्रपा राष्ट्रवादीका सह प्रवक्ता हुन्)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...