यसकारण दिए महिन्दा राजापाक्षेले प्रधानमन्त्रीबाट राजीनामा

Rajpakxe

काठमाडौं ।  श्रीलंकामा शक्ति संघर्ष अन्त्य गर्दै राष्ट्रपति मैत्रीपाला सिरिसेनाबाट प्रधानमन्त्रीमा नियुक्त महिन्दा राजापाक्षेले शनिबार राजीनामा दिएका छन् ।

उनले युनाइटेड फ्रिडम गठबन्धनका सांसदहरुलाईसमेत राजीनाबारे जानकारी दिएका छन् ।

गत बिहीबार श्रीलंकाको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेनाको निर्णय गैरकानुनी भएको फैसला गरेको थियो ।

सर्वोच्चको फैसलापछि नै उनी राजीनामा दिन बाध्य भएको बताइएको छ । संसदलेसमेत राजापाक्षेविरुद्ध अविश्वासको मत पारित गरेको थियो ।

गत अक्टोबरमा २६ मा राष्ट्रपति सिरिसेनाले अप्रत्यासित कदम चाल्दै रणिल विक्रमसिंघेलाई बर्खास्त गरी राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

त्यसपछि उनको नियुक्तिलाई लिएर राजनीतिक र संवैधानिक संकट गहिरिँदै जाँदा श्रीलंकामा राजनीतिक अन्योल बढेको थियो ।

राजापाक्षेको राजीनापछि विक्रमसिंघेले आइतबार प्रधानमन्त्रीको शपथग्रहण गर्ने अनुमान गरिएको छ । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...