मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु

F90b3l9cmd16nfpdxmo0

काठमाडौं । भारतको एक मन्दिरको प्रसाद खाँदा ११ जनाको मृत्यु भएको छ ।

किच्चुकुट्टी मारम्मा मन्दिरमा गरिएको विशेष कार्यक्रमको प्रसाद खाने अन्य ७० जना बिरामी भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रसादका रुपमा बाँडिएको भात र गोलभेंडा खानेहरु बिरामी परेका थिए । प्रसाद खाए लगत्तै उनीहरुमा पेट दुख्ने र वान्ता हुने समस्या देखिएको थियो ।

घटनापछि प्रहरीले प्रसादको नमूना संकलन गरेर जाँचका लागि पठाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...