प्रधानमन्त्री टेरिजालाई विश्वासको मत

Retiza

लन्डन । बेलायती प्रधानमन्त्री टेरिजा मेले पार्टीभित्र विश्वासको मत प्राप्त गरेकी छन् ।

सत्ताधारी दल कन्जरभेटिभ पार्टीका सांसदहरुले दर्ता गरेको अविश्वासको प्रस्तावको सामना गर्दै उनले विश्वासको मत प्राप्त गरेकी हुन् ।

गएराति भएको मतदानमा प्रधानमन्त्री मेको पक्षमा २०० सांसदले मत दिएका थिए । उनको विपक्षमा ११७ मत परेको छ । विश्वासको मत प्राप्त गरेपछि पार्टीभित्र आगामी एक वर्षसम्म उनको नेतृत्वलाई चुनौती दिन पाइने छैन । पार्टीमा विश्वासको मत प्राप्त गर्न नसकेको भए उनी पद छाड्न बाध्य हुन्थिन् ।

प्रधानमन्त्री मेको ब्रेक्जिट नीतिको विरोध गर्दै उनका पार्टीका ४८ जना सांसदले अविश्वासको प्रस्ताव पेश गरेका थिए । प्रधानमन्त्री मेले सन् २०१६ मा भएको जनमत संग्रहमा मतदातालाई उत्साहित गर्न नसकेको आरोप लगाउँदै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

पार्टीमा विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री मेले आफूले लिँदै आएको अडान सही भएको प्रतिक्रिया दिएकी छन् । उनले आफ्नो विपक्षमा मतदान गर्ने सांसदहरुका आवाजलाई पनि बेवास्ता नगर्ने बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...