यमनी विद्रोहीसँगको पहिलो वार्तामा १५ हजार कैदीको नाम आदान प्रदान

Bidrohi 540x300

काठमाडौं । संयुक्त राष्ट्रसंघको पहलमा स्विडेनमा भइरहेको यमन सरकार र प्रतिस्पर्धी विद्रोहीबीचको वार्ताका क्रममा करिब १५ हजार कैदीहरूको नाम आदान प्रदान भएको छ ।

वार्ता सुरु भएको ठिक एक साता पुग्दा उनीहरूबीच कतिपय विषयहरूमा सहमतिको सम्भावना देखिएको छ भने केही विषयमा दुवै पक्ष अडानमा अडिग देखिएका छन् ।

यमनी राष्ट्रपति अबेद्रब्बो मन्सुर हाडी र राज्यको उत्तरी क्षेत्रमा पकड कायम रहेको हुथी विद्रोहीबीच सन् २०१५ देखि सुरु भएको द्वन्द्वका कारण यमनमा १० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको राष्ट्र संघीय तथ्यांक रहेको छ ।

यमनबारे चासो राख्दै आएका विभिन्न अधिकारवादी समूहहरूले यमनमा द्वन्द्वका कारण मृत्यु हुनेको संख्या उक्त संख्याको पाँच गुणा बढी रहेको छ ।

यमनमा द्वन्द्वका कारण करिब १ लाख ४० हजार नागरिकले भोकमरीको चरम संकट व्यहोर्दै आएका छन् । यमनी हुथी विद्रोहीले वार्तामा दुवै पक्षबाट द्वन्द्वका कारण पीडित बनेका जम्मा १५ हजार कैदीहरूको नाम सार्वजनिक भएको घोषणा गरेको छ ।

सरकारी प्रतिनिधिमण्डलले आफ्नोतर्फबाट ८ हजार कैदीको नाम सार्वजनिक गरेको हो । यद्यपि संयुक्त रूपमा कति नामहरू सार्वजनिक भए प्रतिक्रिया भने दिइएको थिएन ।

दुवै पक्षलाई नाम दोहोर्याएर हेर्न आगामी २ साताको समय दिइएको छ । स्विडेनमा भएको वार्ता यमनी विद्रोहीसँगको पहिलो वार्ता हो ।

प्रतिकृया दिनुहोस