अस्ट्रेलियन नेताद्वारा वुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह

Aus

टोकियो । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा फेडेरल चुनाव मार्फत प्रतिनिधि सभामा निर्बाचित भएको चुनाव क्षेत्र भिक्टोरियाको लालोरबाट नै फेडेरल सांसदको रुपमा प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेकी जोआन रयानले २०१५ मा गएको बिनाशकारी भूकम्पका कारण अत्यन्तै प्रभाबित भएको वुद्ध र सगरमाथाको देश नेपालमा पर्यटकको रुपमा जानका लागि अस्ट्रेलियनहरुलाई आग्रह गरेकी छिन् ।

लुम्बिनी (कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गईराखेको नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने क्रममा सांसद जोआनसंग गर्नुभएको भेटघाटको क्रममा उनले भिडियो सन्देश मार्फत अस्ट्रेलियनहरुलाई उक्त आग्रह गरेकी हुन ।

नेपालमा बिनासकारी भूकम्पका बेलामा अस्ट्रेलियाले सामाजिक संरचना निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको र लेबर पार्टीले अस्ट्रेलियामा शिक्षा क्षेत्रलाई प्राथमिकता दिईराखेकोले नेपालमा पनि उक्त दुस्खद घटनाको बेलामा स्कुलहरुको पुनर्निर्माणमा सहयोग पुरयाएर लामो समय स्कुल जान नपाएका बालबालिकाहरुलाई स्कुल फर्कन सहयोग पुरयाएको कुरा आफ्नो मन्तब्य दिने क्रममा सांसद जोआनले स्मरण गरिन ।

मन्तब्य दिने क्रममा जोआनले बिदाको समयमा वुद्ध र सगरमाथाको देश नेपाल गै त्यहाँको पर्यटन उद्योगमा योगदान दिएर दीर्घकालिन रुपमा सहयोग गर्न र त्यहाँ लगानीका संभावनाहरुको खोजी गरेर सकारात्मक प्रभाब पार्न सकिने र यसबाट द्विपक्षीय मैत्री र साझेदारी मजबुतिकारण गर्न सकिने बताइन् ।

यस अघि मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गईराखेको नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने क्रममा विश्व संयोजक श्रेष्ठले जिलोङकी सांसद क्रिस्टिन कोउजिन्स र अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सबमध्येकै एक महोत्सब पाको फेस्टा आयोजना गर्ने संस्था डाइभर्सिटाटका प्रमुख कार्यकारी अधिकृत माइकल मार्टिनेजसंग पनि भेटघाट गरेका थिए र जिलोङ निवासीद्धय ज्ञानेन्द्र उप्रेती र आरजु बस्नेत पनि उक्त भेटघाटमा सहभागी थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...