भारतमा राहुललाई सफलता मिल्दा मोदीलाई लाग्यो झड्का

India congress

काठमाडौं । भारतीय प्रधानमनत्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (बीजेपी) सत्तामा रहेको तीन वटा प्रदेशमा भारतीय कांग्रेसले ठूलो झट्का दिएको छ ।

भारतको विधानसभा निर्वाचनको प्रारम्भिक परिणाम अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढ राज्यमा प्रमुख प्रतिपक्षी दल कंग्रेसले अग्रता कायम गरिरहेको छ । अहिलेको पराजय अनपेक्षित थिएन र यो बीजेपी लगायतका सत्तारूढ दलका लागि अस्थायी सङ्कट मात्र हो र यसबाट बीजेपी आत्तिइहाल्नुपर्ने अवस्था छैन ।

पछिल्लो समय राहुल गान्धी कांग्रेस अध्यक्ष भएपछि पार्टीले लगातार नराम्रो नतिजा भोगिरहेको अवस्थामा पाँच राज्यको विधानसभा चुनाव भने राहुल गान्धीको नेतृत्वको असली परीक्षा हुने देखिएको छ ।

भारतको सन् २०१९ को पूर्वार्धमा देशव्यापी रूपमा नयाँ संसदीय निर्वाचन हुने कार्यक्रम छ । राजस्थान र छत्तीसगढमा भारतीय कांग्रेस सत्तामा फर्किने संकेत देखिएको छ । त्यस्तै मध्य प्रदेशमा पनि कांग्रेसले बीजेपीलाई कडा टक्कर दिएको छ । मध्य प्रदेशमा कुनै पनि दल बहुमतनजिक नपुग्ने हो कि भन्ने देखिएको छ ।

यीनै ५ राज्यको विधानसभा चुनावको मतपरिणामअनुसार सन् २०१९ को लोकसभा चुनावमा बीजेपी र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । पछिल्लो समय बेगवान रहेको मोदी लहर पनि यीनै ५ राज्यको विधानसभा चुनावको नतिजासँगै रोकिने संकेत देखिएको छ ।

४० सदस्य रहेको मिजोरममा क्षेत्रीय दल मिजो नेसनल फ्रन्ट (एमएनएफ) स्पष्ट बहुमत हात पारेको छ । एमएनएफ २६ सिटमा जित हात पारेको छ । यहाँ सरकार बनाउन २१ सिट आवश्यक पर्छ । मिजोरममा कांग्रेसले ५ सिटमा जित हात पार्दा बीजेपीले १ सिटमा जित हात पारेको छ । मिजोरममा ८ जना निर्दलीय उम्मेदवारले जित हात पारेका छन् ।

छत्तीसगढ र मध्य प्रदेशमा १५ वर्षदेखि बीजेपीको सरकार रहेको छ भने राजस्थानमा पाँच वर्षअघि अशोक गहलोत नेतृत्वको कांग्रेस सरकारलाई हराएर बीजेपीकी बसुन्धरा राजेले सत्ता सम्हालेकी थिइन् । मध्य प्रदेश विधानसभामा २ सय ३० सिट रहेको छ । जहाँ सरकार बनाउन १ सय १६ सिट आवश्यक पर्छ । प्रारम्भिक मतपरिणाम अनुसार मध्य प्रदेशमा कांग्रेसले १ सय १४ सिटमा अग्रता बनाइरहेको छ ।

मध्य प्रदेशको १ सय ८ सिटमा भारतीय जनता पार्टी (बीजेपी) ले अग्रता बनाइरहेको छ । अन्य दल ८ सिटमा अग्रता लिइरहेका छन् । यहाँ कांग्रेसलाई सरकार बनाउन केवल २ सिट आवश्यक देखिन्छ । राजस्थान विधानसभामा २ सय सिट भए पनि एक जना उम्मेदवारको निधन भएका कारण १ सय ९९ सिटमा चुनाव भएको थियो ।

राजस्थानमा सरकार बनाउन १ सय सिट चाहिन्छ । राजस्थानको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेस ९९ सिटमा अगाडि छ भने बीजेपी ७५ सिटमा अगाडि छ । राजस्थानमा सरकार बनाउन कांग्रेसलाई मात्रै एक सिट आवश्यक देखिन्छ । राजस्थानमा अन्य दलको खातामा २५ सिट रहेको छ ।

१ सय १९ विधानसभा सदस्य रहेको तेलंगनामा क्षेत्रीय दल तेलंगना राष्ट्रिय समिति (टीआरएस) ८७ सिटमा अगाडि रहेको छ । अहिलेसम्मको घोषित नतिजाअनुसार टीआरएसले ४५ सिटमा जित हात पारेको छ । जहाँ सरकार बनाउन ६० सिट नै चाहिन्छ । तेलंगनामा कांग्रेस २१ सिटमा अगाडि रहेको छ भने बीजेपी १ सिटमा अगाडि रहेको छ ।

त्यस्तै छत्तीसगढमा ९० विधानसभा सदस्य संख्या रहेको छ । छत्तीसगढको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले दुई तिहाई बहुमतको सरकार बनाउने सम्भावना देखिएको छ । पछिल्लो मतपरिणामअनुसार ६५ सिटमा कांग्रेसले अग्रता बनाएको छ । बीजेपीले १६ सिटमा अग्रता बनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...