अख्तियारले डामेपछि शक्ति केन्द्र धाउन थाले विक्रम पाण्डे, के सजिलै छाड्ला त अख्तियारले ?

Bikram panday 25 1

काठमाडौं । के-के नै गरौंला भनेर २०७४ साउनमा सिंगो राप्रपालाई फुटाएर एक समुह बाहिरियो । जसको नेतृत्व पशुपति समशेर राणाले गरेका थिए । राणाकै समुहमा थिए विक्रम पाण्डे ।

राणा अध्यक्ष बन्दा पाण्डे उपाध्यक्ष बने । निर्वाचन आयोगमा पार्टी फुटाउँदा ४० प्रतिशत पुगेको देखाउन ठूलै प्रयास गरियो । यतिसम्म की केही केन्द्रिय सदस्यलाई नगरकोटमा लगेर थुन्ने कामसमेत भयो ।

सत्तामा जान अनेक हत्कण्डा अपनाएर पार्टी फुटाएका नेताहरु क्रमस: भ्रष्टचारमा चुर्लम्म डुबेका छन् । यसको पछिल्लो उदाहरण हो विक्रम पाण्डेको सिक्टा काण्ड ।

पाण्डे मात्रै होइन, राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरु नै बदनामी कमाउने सुचीमा छन् । पाण्डे चाँही अख्तियारको फन्दामा परिसकेका छन् भने नेपालकै सातौं धनीको सुचीमा रहेका पशुपति समशेर राणा भने अख्तियारको आँखामा पर्न सकेका छैनन् ।

उनीविरुद्ध अदालतमा जालसाझीको मुद्दा साउनमै दायर भइसकेको छ भने अंशबण्डाको मुद्दा खेपिरेहका छन् । उनको मुद्दा विचाराधीन रहेकाले पनि अहिले उनी मुद्दा मिलाउन शक्ति केन्द्र धाइरहेका छन् ।

कालिका कन्स्ट्रक्सनका मालिक एवं पूर्वमन्त्री पाण्डेविरुद्ध मात्रै २ अर्ब १३ करोड ७६ लाख रुपैयाँ माग दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । सिक्टा आयोजनाको मूलनहर भत्किनुमा डिजाइनमा नै त्रुटिपूर्ण रहेको ठहर अख्तियारको ठहर छ ।

शक्ति र पैसाको बलमा ठैक्का हत्याउने र काम नगर्ने परिपाटीका अन्त्यका लागि अख्तियारले क्रियाशील सबै निर्माण व्यवसायीको गतिविधिको सुक्ष्म अनुसन्धान गरिरहेका बेला पाण्डे अख्तियारको निशानामा परेका थिए ।

यस्ता छन् बदमासी
देशैभर करिब १२ हजार निर्माण व्यवसायी छन् । त्यसमा पनि ७ हजार ५ सय मात्र क्रियाशील छन् । तीमध्ये मै पर्छन् पाण्डे पनि । उनले लिएका अधिकांश ठेक्काका काम अयोग्य ठहरिन थालेका छन् ।

विकास बजेटमा पाण्डेले कमिसन खाएको र काम नगरेको धेरैवटा उदाहरण छन् । पाण्डेले कालिका कन्स्ट्रक्सनका नाममा खोटाङस्थित दूधकोशीको पुल ठेक्कामा लिएको वर्षौं बितिसक्दा पनि अहिलेसम्म बनाएका छैनन् । आफू ‘क’ वर्गको ठेकेदार भएकाले पाण्डेले पुलको ठेक्का आफ्नो नाममा पारेर कमिसन खाएका छन् । तर, उनले काम भने गरेनन् ।

पाण्डेले मन्त्रालय र सडक विभागका कर्मचारीहरुलाई घुस दिएर देशैभरिको ठेक्का आफ्नो नाममा पार्ने र सही मात्रै गरेवापत करोडौं कमाउने गरेका छन् । आफूले हस्ताक्षर मात्रै गरेका भरमा कमिसन खाएर काम चाँहि ‘ज्वाइन्ट भेन्चर’मा नाम हालिएको स्थानीय पार्टनरलाई दिने पाण्डेको कार्यशैली हो ।

पाण्डेको विज्ञता ठेक्कापट्टा र कमिशनखोरी हो । पाण्डेको कालिकाले ठेक्का लिएको मोरङको खोर्साने–केराबारी सडक बनाई नसक्दै खाल्डैखाल्डा भएपछि स्थानीयले निक्कै विरोध गरेका थिए । तर, शक्तिको पहुँचमा रहेकाले पाण्डेले सजिलै उन्मुक्ति पाए ।

कन्स्ट्रक्सनको पैसाले अमेरिकामा घर बनाएको सगर्व घोषणा गर्ने विक्रम पाण्डेले विकास आयोजनाहरुमा कसरी जनतालाई उल्लु बनाएर राज्य कोषको दुरुपयोग गरिरहेका छन् भन्ने दृष्टान्त हेर्न चाहनेहरुले उनकै चुनाव क्षेत्र चितवनको माडी पुगेपछि छर्लंग हुन्छ ।

चितवनको माडीमा भूमिसुधार तथा व्यवस्था मन्त्री भएकै बेला पाण्डेको कालिका कन्सट्रक्सनले १२ किलोमिटर सडक पीच गर्ने ठेक्का पाएको थियो । माडीको रिउखोलादेखि रिमालखोलासम्म १२ किलोमिटर सडक पाण्डेको निर्माण कम्पनी कालिकाले निर्माण गरेको यो सडकको दुरावस्थाबारे समेत अख्तियारले समेत छानविन गरिरहेको छ ।

पश्चिम नेपालमा पनि पाण्डेले ठेक्का लिएका विभिन्न विकास आयोजनाहरु बनेका छैनन् । र, कतिपय बनेका पनि कमिसनको खेलमा गुणस्तरहीन छन् । त्यसको पछिल्लो उदाहरण हो राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा अनियमितता गर्नु ।

पाप कराउन थाल्यो
अनावश्यक पौठेजोरी खेल्नु उनका लागि अविसाप बन्न थालेको छ । पाण्डेले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा हालमा नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जसरी पनि हराउने भन्दै पैसाको खोलै बगाएको आरोप छ ।

त्यतिबेला निर्वाचनमा होमिएको बेला पाण्डेले प्रचण्डलाई ‘रगतको खोलोमा बगेर आएको’ आरोप लगाउँदै हराउने धम्की दिएका थिए । तर, पाण्डे पराकिलो मतान्तरले पराजित भए ।

‘जयरामघाटको पुल यस जिल्लाको समग्र विकासको दृष्टिकोणले अलिकति रणनीतिक अर्थ राख्ने पुल हो । त्यो बनिसक्नुपर्थ्यो । ठेकेदारहरुको वीचको केही न केही अन्तरविरोधका कारणले वा समस्याको कारणले यो ढीलो भएको हो भन्ने कुरा मैले बुझेको छु । म यहाँ के विश्वास दिलाउन चाहन्छु भने मेरै मन्त्रिमण्डलमा रहनुभएका एकजना मन्त्री जो, यसको ठेकदार पनि हुनुहुन्छ, र, अन्य ठेकेदारहरुलाई पनि मैले यहाँ सचिवजीलाई अहिले भर्खरै कुरा गरिसकेको छु कि काठमाडौं जानेवित्तिकै यी दुबैलाई बोलाएर कुराकानी गर्ने र यसलाई तीव्र गतिमा अगाडि बढाउन निर्देशन गर्ने । यो विश्वास म दिलाउन चाहन्छु कि यो मेरो जिम्मेवारी हो ।’

खोटाङका जनताले जयराम घाटको पुल बन्न नसकेको पीडा सुनाउँदा तत्कालीन प्रधानमन्त्री प्रचण्डले यस्तै प्रतिवद्धता जनाएका थिए । प्रचण्ड प्रधानमन्त्री हुँदा पाण्डे भूमिसुधार तथा व्यवस्था  मन्त्री थिए ।

पाप धुरीबाट कराउँछ भन्ने नेपाली उखान नै छ । गरिव नेपाली जनताको रगतर पसिनाबाट उठेको करबाट बिकास निर्माणको काममा सरकारले खर्च गर्ने गरेको छ । त्यही खर्च पनि पाण्डे जस्ता भ्रष्ट ठेकेदारका कारण देशमा विकास हुनसकेको छैन भने भ्रष्टचारी पनि बढ्दै गएका छन् ।

त्यसरी जनताको करमा हालीमुहाली गर्दा पाण्डे अख्तियारको फन्दामा परेका मात्रे छैनन्, उनलाई जेलको सिँडीमा कोच्याएरै छाड्न जनदवाव पनि बढ्दै गएको छ । जनदवाव बढ्न थालेपछि उनी अहिले उन्मुक्तिका लागि शक्ति केन्द्र धाउन थालिरहेका छन् ।

हातमै अमेरिकी ग्रिनकार्ड
नेपाली जनताले कर तिरेको पैसाबाट अकूत कमिसन बटुलिइरहेका कालिका कन्स्ट्रक्सनका मालिक एवं पुर्व भूमिसुधार मन्त्री पाण्डेले अमेरिकाको मेरील्याण्डस्थित ह्वाइट मार्समा भव्य महल र मंहगो गाडीसमेत खरीद गरेका छन् ।

पाण्डे मन्त्री भएका बेला पनि ठेकेदार नै थिए । पाण्डेले नेपालमा विभिन्न विकास आयोजनाहरुको ठेक्का हात पार्दै आएका छन् । तर, उनले पाएका ठेक्कामा जालझेल नभएको उदाहरण कमै पाइन्छ ।

यसरी विकास आयोजनाहरुबाट करोडौं रुपैया कुम्ल्याएर विकासका कामहरु नगरी त्यही पैसाले पाण्डे परिवारले अमेरिकामा घर किनेर मस्ती गर्ने गरेका छन् ।

मन्त्री पाण्डेका श्रीमती र छोरा अमेरिका जाँदा त्यही घरमा बस्ने गरेका छन् । पाण्डेका परिवार र उनीसँग पनि अमेरिकी ग्रिनकार्ड छ । उनीसँग ग्रिनकार्ड भएका कारण लालबाबु पण्डितले सामान्य प्रशाषन मन्त्री हुँदा ग्रिनकार्ड त्याग्न गरेको निर्णयप्रति उनले पनि आपत्ति जनाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...