हेलिकप्टरबाट उद्धार गरेर महिलाको ज्यान बच्यो

Safe image 158

जाजरकोट, २५ मंसिर । पेटभित्रै बच्चाको मृत्यु भएकी जाजरकोटकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । गह्रुङ्गो भारी बोकेका कारण जाजरकोट वारेकोट गाउँपालिका २ ध्यारगाउँकी महेश्वरी थापाको पेटभित्रै बच्चाको मृत्यु भएको डाक्टरहरुले बताएका छन् ।

सुत्केरी हुने समय आउनै लाग्दा पेट भित्रै आउन लाग्दा थापालाई स्वास्थय समस्या देखिएको हो । स्थानीय स्वास्थ्यकर्मीले चेक जाँचपछि थापाको पेटमै बच्चा मरिसकेको र तत्काल सुविधान सम्पन्न अस्पतालमा पु¥याउनुपर्ने भनेपछि हेलिकोप्टरबाट उद्धार गरिएको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

वारेकोट गाउँपालिकाले आफ्नो क्षेत्रमा विपत् र सुत्केरी वेथाबाट पीडित महिलालाई तत्काल उद्धार गरि जीवन सुरक्षाको पहल गर्न सवै वडामा हेलिप्याड निर्माणको काम सुरु भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...