आन्दोलन चर्किंदै गएपछि पारिश्रमिक वृद्धि र करमा छुट दिने राष्ट्रपति म्याक्रोनको घोषणा

Emanuwal

काठमाडौं । सरकारविरोधी आन्दोलन चर्किंदै गएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले न्यूनतम् पारिश्रमिक वृद्धि र करमा छुट दिने घोषणा गरेका छन् ।

इन्धनमा भएको मूल्यवृद्धि र महंगी बढेको विरोधमा फ्रान्समा चार हप्तादेखि हिंस्रक आन्दोलन भइरहेका बेला राष्ट्रपति म्याक्रोनले टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै न्यूनतम् पारिश्रमिक वृद्धि र कर छुट दिने घोषणा गरेका हुन् ।

प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गर्दै राष्ट्रपति म्याक्रोनले प्रदर्शनकारीले उठाएका कतिपय माग जायज भएको स्वीकार गरे ।

उनले सन् २०१९ मा न्यूनतम् पारिश्रमिकमा प्रतिमहिना १ सय युरो बढाउने घोषणा गर्नुभयो । उनले कम आय भएकाहरु माथिको कर वृद्धिको घोषणा पनि रद्द गरिदिएका छन् ।

त्यस्तै ओभरटाइम काम गरेवापत पाउने पारिश्रमिकमा कर नलगाउने पनि उहाँले जानकारी दिए । सम्बोधनका क्रममा राष्ट्रपति म्याक्रोनले फ्रान्सका सबै क्षेत्रका मेयरसँग भेटघाट गर्ने र जनताका मुद्दामा बहस गर्न प्रोत्साहित गर्नेसमेत बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...