शिशु मारेर फाल्दै गरेकी आमा पक्राउ

Pakraw kt

संखुवासभा । खाँदबारी नगरपालिकामा नवजात शिशु मारेर फाल्दै गरेकी आमा पक्राउ परेकी छिन् ।

खाँदबारी नगरपालिका-६ मयम भन्ने ठाउँमा शिशुको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षकी फूलमाया राईलाई पक्राउ गरेको हो ।

एकल जीवन बिताइरहेकी फूलमायाले अवैध गर्भधारण गरी शिशुलाई जन्मदिएपछि हत्या गरेर फाल्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्रेको हो । उनको श्रीमानको केही वर्ष अघि नै निधन भैसकेको छ ।

फूलमायाले बच्चा जन्माएर हत्या गरी डोकोमा राखेर फाल्न लागेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गई राईलाई नियन्त्रणमा लिएका थिए ।

शिशुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको संखुवासभाका प्रहरी निरीक्षक रामजी कटवालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस