जहाँ एक किलो नुनको ७० रुपैयाँ तिर्न बाध्य छन्

Ayodin salt 6jau6jazap

हुम्ला । सर्केगाड गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् ।

सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिबेला यो डिपोमा नुनको अभाव भएको छ ।

यो गाउँपालिकामा रहेका आठवटै वडाका स्थानीयवासीले एक पोका नुनको ७० तिरेर खानु परेको उक्त गाउँपालिका–४ निवासीहरुले बताए ।

जिल्ला सदरमुकाम सिमकोटबाट खच्चरद्वारा बोकेर ल्याएको नुनको मूल्य गाउँमा पुग्दा ७० तिरेर खानु परेको बताए ।

सर्केगाड डिपोमा नुनका लागि ठेकेदारले यतिबेला नुन पु¥याउन ढिलाइ गरेका कारण खाने नुनको समस्या भएको हो । डिपोमा नुन नहुँदा व्यापारीले खच्चरमार्फत छिमेकी जिल्ला बाजुराबाट ल्याइएको नुन खरीद गरेर चर्कोे मूल्यमा किनेर खानुपरेको छ।

कसैले दुई दिनको पैदलयात्रा लगाएर जिल्ला सदरमुकाम सिमकोटबाट आफैँले बोकेर ल्याउने गरेका छन् । सिमकोट डिपोमा नुनको समस्या नभए पनि सर्केगाड गाउँपालिकामा रहेको खाद्य डिपोमा यति बेला नुनको अभाव भएको छ ।

सर्केगाड गाउँपालिकालाई उपशाखा तोकिएता पनि त्यस क्षेत्रका सर्वसाधारण भने यतिबेला मर्कामा परिरहेका छन् ।

प्रतिकृया दिनुहोस