सरकारविरुद्ध आन्दोलन चर्कियो, हजार प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

Aandolan

काठमाडौं । फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्किदै गएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच पेरिसमा झडप भएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र टियर ग्यास प्रहार गरेको छ । देशभर चर्किंदै गएको प्रदर्शनका क्रममा प्रहरीले करिब १ हजारलाई नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय पेरिसमा भएको प्रदर्शनका क्रममा ३ जना प्रहरी अधिकृतसहित कम्तिमा १ सय २६ जना घाइते भएका छन् । पहेलो जर्सी लगाएर प्रदर्शनमा उत्रिएकाहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेका हुन् ।

शनिबार देशभर भएको प्रदर्शनमा सवा १ लाखभन्दा बढी मानिस सहभागी भएको बताइएको छ । १० हजारभन्दा बढीले राजधानी पेरिसमा जम्मा भएर प्रदर्शन गरेका थिए । तर सरकारी अधिकारीहरुले प्रदर्शनमा अति हिंस्रक तत्वको प्रवेश भएको बताएका छन् । फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिपेले प्रदर्शनमा घुसपैठ भएको बताएका हुन् ।

उनले विवाद समाधान गर्न सरकार तयार रहेको भन्दै प्रदर्शनकारीहरुलाई संवादबाटै समस्याको समाधान खोज्न आग्रह गरेका छन् । उनले देशका सबै नागरिक एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...