फोटो पत्रकारको गलत प्रवृत्तिविरुद्ध लड्ने हिम्मत गरौं

Pradipraj oanta

नेपालीमा एउटा उखान छ ‘जो अगुवा उही बाटो...’ भने झै कामको नाममा वरको सिन्को पर नसार्ने, अरुले गरेको कामको जस आफूले लिने र अरु केही पनि होइनन्,म मात्रै हो भन्ने प्रवृत्तिलाई हामीले संस्थागतरुमपा नै पराजित गरिदिएका छौं ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) को नाममा विभिन्न जिल्लामा समुहको शाखा खोल्ने काम समुहका आर्थिक लगानीमा सम्पन्न गर्न हामीले धेरै ठूलो मेहनत गरेका थियौँ । जसका कारण हामीले राम्रै सफलतासमेत पाएका थियौँ । तर, कुनै पनि काम नगर्ने, संस्था मात्रै ओगटेर बस्ने प्रवृत्तिलाई हामीलाई पराजित गरेर नयाँ यात्रा तय गरेका छौँ ।

विगतमा मेरै पालामा भएको र पछि तत्कालीन संस्थाका अध्यक्ष ध्रुव आलेले काठमाडौं केन्द्रिय कमिटी भन्दा बाहिरका सदस्य हरि रेग्मी र सागर श्रेष्ठलाई काधमा बोकी विभिन्न जिल्लामा हस्ताक्षर संकलन गरेको र उक्त हस्ताक्षरपछि संस्थालाई फोटो पत्रकार महासंघ बनाउन आफ्नो खुसी काठमाडौंमा रहेको समुहको केन्द्रीय कमिटीलाई जानकारी नगराई आफुखुसी एकलौटी ढंगवाट गलत तरिकाले संस्था दर्ता गरेकाले काठमाडौं कमिटीको असहमतीको वावजुद काम गरियो ।

राष्ट्रिय फोटो पत्रकार समूहको नाममा राम्ररी क्यामेरासमेत चलाउन नजान्ने प्रवृत्तिलाई हामीले बिगतमा नै राम्रै सबक सिकाएकै थियौँ । तर पनि अध्यक्षको मनोमानीले गरिएको महासंघलाई बैधानिकता नमान्ने ढंगबाट समुहको बहुमतको संख्याले विशेष साधरणसभा माग गरी नयाँ कार्यसमिति चयन गरी तत्कालिन अध्यक्षले गरेको सम्पूर्ण कामकारवाही बदर गरी समुहवाट निस्कासन गरिएको थाहा भइसकेपछि पनि संस्थाको सम्पूर्ण हरहिसाव र संस्थाको आधिकारिक प्रमाणपत्रहरु माग गर्दा ७ महिनासम्म अध्यक्षले मनोमानी गरे ।

सो प्रवृत्ति यस संस्थालाई समाप्त पार्ने उद्देश्यले लुकाएर राखेको कारण हामीले बारम्बार मौखिक रुपमा जानकारी गराई अटेर गरेको अवस्थामा काठमाडौं जिल्ला प्रशासनमा उजुरी दिनुपर्ने अवस्था आयो । बीचमा जिप्रकामा निवेदन दिँदा संस्था दर्ताको सम्पूर्ण प्रमाणपत्रहरु त्यहाँको कर्मचारीको मिलेमतोमा गायब बनाउने जस्ता हर्कत देखापरेको थियो ।

संस्थालाई भजाएर खान मात्रै पल्किएका प्रवृत्ति मुद्दा लड्छु भन्ने जस्ता गतिविधि गरी साथै विभिन्न जिल्लाका फोटो पत्रकार सदस्यहरुलाई महासंघ ठूलो हो भन्दै ३ सदस्यीय टोली भ्रम सृजना गर्दै हालसम्म पनि हिडिरहेका छन् ।

आफ्नो मनोमानी ढंगबाट राष्ट्रिय फोटो पत्रकार समुहले गरेको राष्ट्रिय अवार्डको विषयमा मनोगत ढंगवाट आर्थिक घोटाला भनि विभिन्न जिल्लाका साथीहरुलाई भ्रममा पार्ने काम महासंघका अध्यक्षको नेतृत्वमा सो घोषित उपाध्यक्ष र महासचिवले अर्नगल प्रचारमा उत्रेर चरित्र हत्यासम्मको हर्कत गरेर अगाडी बढ्ने नियत देखिएको छ ।

उक्त कार्यक्रमको हर हिसाब लेनदेनमा पनि संस्थाको चेक व्यक्तिको खल्तीमा राखेर संस्थालाई बदनाम पार्ने हिसाबले ३ महिनासम्म अध्यक्षको नेतृत्वमा मिडियामा विज्ञापन दिएबापतका बीलको चेक हस्तान्तरणमा अवरोधका गरेका थिए भने मैले अवार्डको सम्पूर्ण हिसाव किशेष साधारण सभामा पेश गरिसेको पनि हुँ । २०७४ सालमा हरि रेग्मीको संयोजकत्वमा भृकुटीमण्डपमा भएको प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको सम्पूर्ण हरहिसाब संस्थामा नबुझाइकन हरि रेग्मीले आफूलाई महासचिव भएको बताउँदै संस्थाको हिसाब मनोमानी ढंगले मौखिक रुपमा गरेका छन् भने संस्थालाई उक्त कार्यक्रमबापत उपलव्ध गराउनुपर्ने लाखौ रकम अहिलेसम्म समुहको खातामा कुनै उल्लेख गरिएको छैन ।

उनीहरुले कमलादीमा भएको संस्थाको कार्यालय हडपेर महासंघको बोर्ड राख्ने र समुहको अफिस कब्जा गरेर केही समय बसे पनि पछि अन्ततः घर भाडा तिर्न नसकेपछि ताला लगाएको थियो 

पछि ३ महिनाको भाडा समुहको चेकमार्फत तिरेर पनि संस्थाको सामान उनीहरुले नै लगेको अवस्थामा केही महिना अगाडी भृकुटीमण्डपमा हाल महासंघको भनिएको समुहको नाममा रहेका खाली ठाउँमा आफ्नो मनोमानीले तवरले महासंघको हो भन्दै राष्ट्रिय फोटो पत्रकार समुहको नाममा लिएका थिए । उनीहरुले सोही ठाउँमा सवै समान राखेर पछि जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दिएको उजुरीपछि प्रसासनको सोधपुछपछि मेलमिलाप गराई संस्थाको सम्पूर्ण सामाग्रीहरु बुझाउने र स्वतन्त्र ढंगबाट समुह आफ्नै नाम र काममा फर्किने गरी समझदारी भएपछि पनि बिभिन्न बहानामा समुहको सामाग्री हस्तान्तरणमा ढिलासुस्ती गरिएको थियो भने आजसम्म पनि सो समुहको आर्थिक हिसाब किताब बुझाउन अटेर गरेका छन् ।

पछिल्लो समयमा बिभिन्न जिल्ला शाखाका साथीहरुलाई समूह एउटा महासंघको च्याप्टर हो भनी भ्रम सृजना गरिएको छ । संस्थाको सदस्य नविकरण नगर्नु भनि अर्नगल प्रचारमा उत्रिएको र साथीहरुलाई महासंघको पदीय प्रलोभनसमेत दिइएको सुन्नमा आएको छ । महासंघको नाममा फेरि पनि ठूला योजना र एक्स्पो आयोजना गरी आर्थिक स्वाद लिने प्रयासमा तल्लिन भएको पाइएकोसहजै रुपमा बुझ्न सकिन्छ ।

एक्स्पो आयोजना भएको एक वर्ष पुग्न लाग्दा पनि समुहको नाममा भएको हरहिसाव नबुझाई व्यक्तिगत चरित्रहत्यातर्फ उन्मुख हुने प्रवृत्तिविरुद्ध फेरि पनि हामी फोटो पत्रकारहरु एकजुट भई प्रतिवाद गर्नुपर्ने अवस्था आएको छ । विगतको हिसाब नदेखाई मनलाग्दी गर्नेलाई साथीहरुले राम्रोसँग नै चिनेका छन् ।

उनीहरुको गलत धन्दा र कुचेष्टालाई हामीले राम्रैसँग प्रतिवाद गरेका छौँ । तर उनीहरुको गलत हर्कत भने जारी छ । मैले र यस समुहका सम्पूर्ण साथीहरुले निरन्तरको लडाइ पछि आज राष्ट्रिय फोटोपत्रका समुह पहिलेको स्थानमा आफ्नो अस्तित्वमा रहन सफल भएको छ । आगामी दिनमा हामी अझैं सशक्त रुपमा अगाडी बढी समुहलाई महासंघको अबधारणा अन्तर्गत विभिन्न जिल्लामा रहेका फोटो पत्रकारहरुलाई समेटी उनीहरुको हक हितमा लाग्ने प्रण गर्दछौं ।

हिजो मैले फोटो पत्रकारीता गरेको र म सिनियर हुँ भन्दै तिमीहरु जस्ता सानाले केही गर्न सक्दैनौं भनेर प्रचार गर्ने र विरुद्धमा उत्रिएको पनि देखिएको हो । यस्ता प्रवृत्तिविरुद्ध कडा संघर्ष गर्न जरुरी छ । काम नगर्ने केवल पद मात्रै खोज्ने प्रवृत्ति फोटो पत्रकारलाई सुहाउने विषय होइन । हामी काम गर्छौ, हाम्रो आफ्नो नाम छ, इज्जत छ र प्रतिष्ठा पनि छ । क्यामेरा चलाएको जस्तो गर्नेे, आन्तरिक कार्यक्रम र महोत्सवको कुनै बेला श्रव्य दृश्य खिचेको नाममा पद र प्रतिष्ठा ओगट्न खोज्ने प्रवृत्ति एकदिन पराजित भएर जाने छ ।

हामीले न त विगतमा गलत काम ग¥यौ, न त आज नै नत भोली नै गर्नेछौं । हामी विधिमा विश्वास गर्छौ । हामी लुकेर वा भुक्याएर कोही कसैलाई पनि छुरा हान्दैनौँ । हामी बिचारमा विश्वास गर्छौ । हामी बहसमा विश्वास गर्छौ । हामी रचनात्मक काममा विश्वास गर्छौ । हामीलाई लुकाएर भ्रष्टाचार गर्नु छैन । हामीलाई नक्कली र फर्जी बिल बनाएर पनि खानु छैन । त्यसकारण गलत प्रचार नगर्दा नै उत्तम हुन्छ । यो कोही कसैप्रति पनि परिलक्षित छैन । मैले गलत प्रवृत्तिविरुद्ध बोल्ने साहश गरेको हो । कोही कसैप्रति व्यक्तिगत रुपमा लेनदेन पनि छैन । लिनु आवश्यक पनि छैन । गलत प्रवृत्तिको विरोध गर्दा चोरको खुट्टा काट भन्दा चोरले खुट्टा ताने जसरी कोही कसैले प्रतिक्रिया दिन्छ भने मेरो भन्नु केही छैन ।

(लेखक राससका फोटो पत्रकार हुन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...