बैंक लुटपाट गर्न गरिएको आक्रमणमा ११ जनाको मृत्यु

Jkhk 534x300

काठमाडौं । ब्राजिलमा बैंक लुटपाट गर्न गरिएको आक्रमणमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

बैंक लुट्नका लागि बन्धक बनाइएका ५ जनासहित ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएक छन् ।

उत्तरपूर्वी ब्राजिलमा २ वटा बैंक लुटपाटको योजना बनाउँदै लुटेराहरुले ५ जनालाई बन्धक बनाएका थिए । प्रहरीले लुटेरामा माथि गरेको जवाफी कारबाहीमा बन्धक बनाइएका १ नाबालकसहित ५ जना र ६ जना अन्य व्यक्तिको मृत्यु भएको शेयरा राज्यको मिलाग्रेस शहरका नगरप्रमुख लियलसन ल्यान्डिजलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मारिने ६ जना लुटेरा समूहका हुन् या प्रहरी अधिकारी हुन् भन्ने खुलाइएको छैन । तर प्रान्तीय गभर्नरका प्रवक्ताले भने घटनामा ६ जना प्रहरी अधिकृतसहित १२ जनाको मृत्यु भएको बताएका छन् ।

सशस्त्र लुटेराहरुले बैंकमा आक्रमण गर्न मानव ढालका रुपमा ५ जनालाई बन्धक बनाएपछि प्रहरीले प्रतिकार गरेको र जवाफी कारबाहीमा उनीहरुको मृत्यु भएको बताइएको छ । लुटपाटमा संलग्न रहेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस