आफूले मन पराएको केटासँगै बिहे गर्छु भन्दा...

Hatya ghati reti

धनुषा । जनकपुरबाट आफ्नै छोरीको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् ।

आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको भन्दै जनकपुर उपमहानगरपालिका-२४ सोनापाडा बस्ने ४८ वर्षीया राजकुमारी मण्डलले आफ्नै १६ वर्षीया छोरी सोनीकुमारी मण्डललाई घाँटी थिचेर हत्या गरेको प्रहरीले बताए ।

बिहीबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धनुषा उनलाई सार्वजनिक गरेको थियो ।

प्रहरीका अनुसार सोनीले आफूले मन पराएको केटासँग बिहे गर्न खोजेको कुरामा विवाद बढ्दै जाँदा उनकी आमा राजकुमारीले रिसमा आएर आफ्नै छोरीको घाटी थिची हत्या गरेकी थिइन् ।

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाका अनुसार घटनामा परिवारका अन्य सदस्यकोसमेत संलग्नता हुनसक्ने भएकाले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...