मैत्रीपूर्ण बसले मोटरसाईकललाई ठक्कर दिंदा १ को मृत्यु, ३ घाईते

Accident 2

महोत्तरी । नेपाल-भारत मैत्रीपुर्ण बसले बुधवार राती ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

घाईते मध्ये एकको विराटनगर र दुईजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहको छ ।

बुधवार राती १० बजे जनकपुरबाट पटना जाने क्रममा BR06PV ९२५१ नं. को मैत्रीपुर्ण बसले जलेश्वर नगरपालिका वडा नं. ३ मलिवारमा विपरित दिशाबाट आउँदै गरेको ज१प १६५० नंं।को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक वाराका अमवा निवासी २५ वर्षका राजकुमार साहको मृत्यु भएको हो ।

घाईते हुनेमा भारत सितामढी जिल्लाको सुतिहारा निवासी १८ वर्षका सोनु कुमार ठाकुर, २० वर्षका मेघनाथ ठाकुर र सोहि ठाउँ निवासी ३० वर्षका चुनचुन देवी ठाकुर रहेका छन् । उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहको छ ।

२० वर्षका मेघनाथ ठाकुरलाई थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा चारैजना सवार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक विज्ञान बस्नेतले वताए ।

घाईतेहरुलाई सशस्त्र प्रहरी बल नेपाल विओपी जलेश्वरको टोलीले उद्धार गरि जलेश्वर अस्पताल पुर्याएको थियो । हाल बस जिल्ला प्रहरी कार्यालय महोत्तरी र मोटरसाईकल सिमा प्रहरी कार्यालय मलिवारमा राखिएको छ । बसका चालक र सहचालक फरार रहको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस