दुई अमेरिकी लडाकु विमान ठोक्किँदा ६ जना नौसेना बेपत्ता

Fighter plane

काठमाडौं । जापानमा तेल भर्ने क्रममा दुई अमेरिकी लडाकु विमान आपसमा ठोक्किएर दुर्घटना भएका छन् । लडाकु विमानमा सवार ६ जना नौसैनिक वेपत्ता छन् ।

अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित मरिन कर्प्स एयर स्टेशनमा बिहीबार सी–१३० र एफ–१८ लडाकु विमान दुर्घटनामा परेका हुन् । दुर्घटनास्थल समुद्री किनारभन्दा करिब ३ सय किलोमिटर टाढा पर्दछ ।

वेपत्ता सैनिकहरुको खोजी कार्य जारी छ । यसका लागि चिकित्सकहरुको टोली पनि क्रु मेम्बरहरुसँगै परिचालित छन् । खोजी कार्यका लागि जापानले पनि चार वटा एयरक्राफ्ट र तीन जहाज परिचालन गरेको छ । अमेरिकी अधिकारीहरुका अनुसार दुवै लडाकु जहाजले नियमित तालिमको क्रममा मरिन कर्प्स स्टेशनबाट उडान भरेका थिए । तर, बिहीबार दुर्घटना भयो । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी छ ।

अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार जापानमा ५० हजार सैनिक छन् र यो दुर्घटनालाई सामान्य भन्न मिल्दैन । गत नोभेम्बर महिनामा पनि अमेरिकी नेभी लडाकु विमान जापानको समुद्रमा दुर्घटना भएको थियो । यद्यपि, विमानमा सवार दुवै जना क्रु–मेम्बरलाई सकुशल उद्धार गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...