११ वर्षीय बालिकालाई विद्यालयकै गार्डले बाथरुम लगेपछि...

Rape 6

दिल्ली । उत्तम नगर ईलाकास्थित विद्यालयको कक्षा ५ मा अध्ययनरत बालिकामाथि गार्डले अश्लिल हर्कत गरेको पाइएको छ ।

प्रहरीका अनुसार ती बालिकाले आफूमाथि यौन दुव्र्यवहार भएको बताएकी थिईन् । आरोपी गार्डका नाममा प्रहरीले जबरजस्तीकरणीको मुद्धा चलाएको छ । बालिकामाथि विद्यालयले समेत लापरवाही गरेको आरोप लागेको छ ।

घटना भएको जानकारी पाएपछि आरोपीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार ११ वर्षीय बालिका परिवारका साथ उत्तम नगरमा बस्दै आएकी छन् ।

बालिकाका बुवा कार मेकानिक हुन् । उनका बुवाका अनुसार उनी छोरीलाई ल्याउन दिउँसो १२ बजे विद्यालय गएका थिए । गार्डले उनकी छोरीलाई बाथरुममा लगेका थिए । जहाँ गार्डले बच्चीको साथमा अश्लिल हर्कत तथा छेडछाड गरेको थियो । बालिकाले आफूलाई गाह्रो भएपछि चिच्याएकी थिईन् । उनी चिच्याएपछि विद्यालयका अन्य शिक्षकले थाहा पाएका थिए ।

उनीहरुले प्रहरीलाई खबर गरेर आरोपी सुरक्षा गार्डलाई बुझाएका थिए ।

प्रतिकृया दिनुहोस