निर्मलाको हत्यारालाई कारवाहीको माग गर्दै रौतहटमा प्रदर्शन

Rautahat 768x366

रौतहट । कञ्चनपुरकी १३ वर्षीया निर्मलाको हत्यारालाई कारवाहीको माग गर्दै रौतहटमा प्रदर्शन गरिएको छ ।

घटनाको चार महिना बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेको भन्दै मंगलबार रौतहटका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा जनज्योति बहुमुखी क्याम्पस र जनज्योती उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी थिए । प्रदर्शनकारीले निर्मलालाई न्याय दे भन्दै नारावाजीसहित चन्द्रनिगाहपुर बजार परिक्रमा गरेका थिए । उनीहरुले सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका स्टिकर र पोस्टरहरु बजारको चोक चोकमा टाँसेका छन् ।

हत्यार पत्ता नलाग्दा सम्म विरोध स्वरुप कार्यक्रम जारी राख्ने जनज्योती बहुमुखी क्याम्पसका स्ववियू सभापती संगम श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...