‘जहाँ ट्याक्सीको रुपमा हेलिकप्टर प्रयोग गर्छन’

Chin photo

काठमाडौं । चीनको एक बस्तीमा सबै मानिस हेलिकप्टरमा यात्रा गर्छन । गाउँमै भएको होटलको सुइटमा सुतेको प्रतिरातको ११ देखि १३ हजार अमेरिकी डलरसम्म तिर्छन् ।

आर्थिक हिसाबले विश्वकै शक्तिशाली मुलुक बन्ने क्रममा रहेको देश चीनको हुवाक्सी गाउँलेले सबैको ध्यान आकर्षित गरेको छ ।

भर्खरै मात्र आफ्नो ५५ औं वार्षिकोत्सव मनाएको हुवाक्सी गाउँ चीनको सम्पन्नता यात्राको नमुना पनि हो । गाउँको आफ्नै ७२ तल्ले गगनचुम्बी भवन छ । गाउँलेहरु ट्याक्सीको रुपमा हेलिकप्टर प्रयोग गर्छन ।

थिम पार्कहरु र लस्करै मिलेका अत्याधुनिक बङ्गलाले गाउँको सुन्दरतामा निखार ल्याएको छ । यति मात्रै होइन, हुवाक्सी गाउँका प्रत्येक मानिसको बैंक खातामा एक लाख डलरभन्दा बढी रकम हुन्छ । नेपालको कतिपय गाउँको अवस्था हेर्दा हुवाक्सी कल्पनाको गाउँ मात्र हुन सक्छ । तर, यो वास्तविकता हो ।

हुवाक्सी गाउँको बारेमा सुनेपछि जो कोही पनि अचम्ममा पर्छन् । यहाँका प्रत्येक परिवारलाई एक अत्याधुनिक बङ्गला र एक कार दिइएको छ तर एकचोटी गाँऊ छोडेर जान साथ ती सुविधा कटौति हुनेछन् ।

यो धनी गाउँ जियाङ्सु प्रान्तको जियाङ्यिन शहर अन्तर्गत प्रशासित रहेको छ जुन सुन्दर भौगोलिक स्थानहरु र प्रचुर कृषि स्रोतहरुले भरिपूर्ण रहेको मानिन्छ । सन् २००३ मा हुवाक्सीको वार्षिक आय १०० अरब युआन रहेको तथ्य प्रकाशमा आएपछि यो गाउँ चर्चामा आएको हो ।

त्यसको एक वर्षपछि हुवाक्सीले आफ्ना नागरिकको वार्षिक तलब १ लाख २२ हजार ६ सय युयान रहेको तथ्य सार्वजनिक गरेपछि भने गाउँले झनै चर्चा पायो ।

आफ्नो आर्थिक सम्पन्नतालाई देखाउन यसले ३ अर्ब चिनिया युयान खर्च गरेर सन् २०११ मा ७२ तल्ले गगनचुम्बी भवन तयार गरेको हो । यस भवनलाइ हुवाक्सीको झुन्डिएको गाँऊ भनेर चिनिन्छ ।

३ सय २८ मिटर अग्लो यो भवन फ्रान्सको आइफेल टावरभन्दा चार मिटर अग्लो र अमेरिकाको च्राइस्लेर भवनभन्दा नौ मिटर अग्लो रहेको छ । टावरभित्र ८ सय २६ कोठा रहेको सुपर फाइभ स्टार होटल रहेको छ ।

प्रतिकृया दिनुहोस