ब्रम्ह्पुत्रको साहायक नदी बन्द

Chaina river 523x300

काठमाडौं । उरी हमलालाई लिएर भारत-पाकिस्तानको तनाव बढेको बेलामा चीनले भारतलाई थप समस्यामा पारेको छ ।

चीनले आफ्नो सबै भन्दा ठूलो हाइड्रो प्रोजेक्टको लागि तिब्बतमा ब्रम्ह्पुत्रको एक साहायक नदी बन्द गरिदिएको छ ।

चीनको यस कदमले भारत लगायत अन्य देशमा ब्रम्ह्पुत्र नदीको पानीको बहाबमा कमी आउने बताइएको छ । नदी रोकिएसँगै भारतको अरुणाञ्चल र आसाम लगायतका क्षेत्रमा पानीको वितरणमा कमी आउने छ ।

चीनले उक्त हाइड्रो प्रोजेक्ट करिब ७ सय ४० मिलियन अमेरिकी डलरमा निर्माण गर्न लागेको हो र यसैका लागि साहायक नदी रोकेको चिनियाँ संचार माध्यमले जनाएका छन् ।

सन् २०१४ बाट निर्माण कार्य सुरु गरिएको उक्त योजना सन् २०१९ सम्ममा सम्पन्न हुने बताइएको छ ।

भारतले पाकिस्तानसँगको सिन्धु नदी सम्झौतामा पुर्नविचार गर्ने बताइरहेको समयमा चीनले ब्रम्ह्पुत्र सहायक नदी बन्द गर्नुले चीनले पाकिस्तानसँग मिलेर भारत माथि दबाब सृजना गर्न लागेको विश्लेशकहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस