अफगानिस्तानमा बम हमला, नौं नेपाली घाइते, एकको अवस्था गम्भीर

M6o69yzehzyl1t78necr

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा बुधबार साँझ भएको आतंकवादी हमलामा परी नौं नेपाली घाइते भएका छन् ।

घाइतेमध्ये तीनजना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको र ६ जनाको उपचार भइरहेको भारतस्थित नेपाली दुताबासले जानकारी दिएको छ ।

दुताबासका अनुसार एकजनाको अवस्था गम्भीर छ । ‘तीनजनालाई सामान्य उपचारपछि शुक्रबार जिस्चार्ज भएको र ६ जना अस्पतालमै हुनुहुन्छ’, दुताबासका प्रवक्ता हरि विडारीले भने ।

घाइते नेपालीको काबुलस्थित नर्थ केएआइए हस्पिटल र बागराम हस्पिटलमा उपचार भइरहेको छ ।

स्रोतका अनुसार घाइते हुनेमा झापाका तेजप्रसाद आचार्य, मोरङका दुर्गाप्रसाद उप्रेती, तेहथुमका लक्ष्मण तुम्बाहाम्फे, ताप्लेजुङका पेम्बा शेर्पा, रुपमन्देहीका ताराबहादुर राई धादिङका वीरबहादुर थापामगर, काठमाडौंका श्यामकुमार थापामगर कास्कीका दलबहादुर थापामगर र तनहुका प्रकाश थापा छन् ।

घाइते मध्ये केहीलाई गोली लागेको र केहीलाई बमको छर्रा लागेको छ ।

प्रतिकृया दिनुहोस