‘हजुर आमाको घर पुगेँ भनेकी थिइन्’

Puja tikapur

कैलाली । टिकापुर नगरपालिकाको वडा नम्बर-१ ब्लक नम्बर १६ मा एक किशोरीको शुक्रबार बिहान शव फेला परेको छ ।

सोही ठाउँ निवासी १६ वर्षीया पूजा थापा टिकापुरको एयरपोर्ट नजिकै खुला चौरमा मृत अवस्थामा भेटिएकी छन् । मृत्युको खास कारण अनुसन्धानपछि पत्ता लाग्ने इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पुजाको शव खुला चौरमा मृत अवस्थामा भेटिएपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरु भन्छन् पूजाको मृत्यु रहस्यमय छ ।

उनको बलात्कारपछि हत्या भएको हुनसक्ने उनीहरुको आशंका रहेको छ । टिकापुरको बसपार्क नजिकै रहेको एयरपोर्ट त्यहाँबाट पुजाको घर करिब २०० मिटरको दूरीमा रहेको प्रहरीले जनाएको छ । घटनाको वस्तुस्थिति बुझ्न टिकापुर प्रशरी शुक्रबार बिहानैबाट खटिएको छ । पुजाको शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको छ ।

पूजा त्यहाँ कसरी ?
१६ वर्षीया किशोरी पूजा थापा बिहिबार मात्रै सानी हजुरआमाको घरमा जान्छु भन्दै घरबाट निस्केकी थिइन् । उनको घरबाट नजिकै रहेको सानी हजुरआमाको घर गएकी उनले आफ्नो घरमा फोन गरिन् म त्यहाँ पुगिसके । तर, उनकी सानी हजुरआमाका अनुसार उनी त्यहाँ पुगेकी थिइनन् ।

पूजाको घरमा हजुरआमा र उनी मात्रै बस्ने गरेका थिए । आमाबुवा रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका छन् । बिहिबार साँझ करिब ५ बजे तिर उनको फोन थियो म सानी हजुरआमाको घर पुगेँ । त्यसपछि पूजासँग कसैको फोन भएन भन्ने प्रारम्भिक अनुसन्धान छ ।

उनलाई एक्कासी शुक्रबार बिहान स्थानीयले खुलाचौरमा मृत अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका थिए । पूजा कक्षा १२ मा अध्ययनरत थिइन् ।

प्रहरी के भन्छ ?
टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहका अनुसार प्रहरी घटना भएको थाहा पाएपछि बिहानैदेखि अनुसन्धानमा रहेको छ ।

बिहिबारबाट घरबाट निस्केकी पूजाको बारेमा प्रहरीलाई कुनै जानकारी थिएन । सामान्यताः सानी हजुरआमाको घरमा गएको भनेपछि प्रहरीलाई जानकारी नहुनु स्वभाविक रहेको उनको तर्क छ ।


बिहिबार साँझसम्म सम्पर्कमा रहेकी पूजा एक्कसी शुक्रबार बिहानै मृत फेला परेकी थिईन् । प्रहरी प्रमुख सिंहका अनुसार पूजाको शव भटिएको स्थान घरभन्दा करिब २०० मिटर पर रहेको छ । एक निर्माणधिन घरभित्र उनको मोबाइल र अन्य सामाग्री फेला परेका छन् ।

प्रहरीले ‘सल्फास’ जस्तो देखिने क्याप्सुल घटनास्थलमा भेटाएको छ । शरीरमा कुनै ठाउँमा पनि निलडाम देखिदैन । चोटपटक पनि नलागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बाँकी पोष्टमार्टमपछि पत्ता लाग्ने प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

स्थानीय के भन्छन् ?
स्थानीयका अनुसार पूजाको बलात्कारपछि हत्या भएको आशंका छ । तर, प्रहरीको अनुसन्धानमा अहिलेसम्म मेल खाएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...