पन्तको न्याय माग्दै काठमाडौंमा प्रदर्शन, महिला अधिकारकर्मी गिरफ्तार

Nirmala panta lai naya bhandai pradashan

काठमाडौं । निर्मला पन्तलाई न्यायको माग गर्दै महिला अधिकारकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

गत साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

उक्त घटना भएको चार महिना पुगिसकेको अवस्थामा पनि हत्यारा पत्ता लाग्न नसकेको भन्दै महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

‘नेपालकी छोरी निर्मलालाई न्‍याय देऊ सरकार अनि जिससकी छोरीलाई चढाऊला फूलमाला’ प्लेकार्ड बोकेर बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले केही अधिकारकर्मीहरुलाई पक्राउ गरेको छ । साथै प्रदर्शनकारीहरुको प्लेकार्ड प्रहरीले खोसेको थियो ।

यता, छोरीको न्यायको लागि धर्नामा बसेका निर्मलाका बाबु यज्ञराज विरामी भएपछि काठमाडौँस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...