नृत्यमा भारतीय हेमथलाको रेकर्ड धनकुटाकी बन्दनाले ब्रेक गर्दै, आज दिउँसो १२६ घण्टा पुर्‍याउने

Bandana nepal 1

काठमाडौं । धनकुटा महालक्ष्मी नगरपालिका वडा नं. ९ मुर्तिढुंगा बन्दना नेपालले लोक संस्कृतिमा आधारित गीतहरुमा नृत्य गरेर विश्व रेकर्ड राख्न नृत्य सुरु गरेका आज ६ दिन भइसक्यो । गत शुक्रबार विहान ९ बजे उर्जा मन्त्री वर्षमान पुन र पर्यटन मन्त्री रविन्द्र अधिकारीले राष्ट्रिय झण्डा दिएपछि नृत्य सुरु गरेकी थिइन् ।

उनले लगातार नृत्य गरेको पनि १ सय २० घण्टा भइसकेको छ । अव उनले ४ घण्टा नृत्य गरेमात्रै पनि गिनिज बुकमा नाम लेखाउन सक्छिन् । तर, उनले १ सय २६ घण्टासम्म नृत्य गर्ने योजना बनाएकी छन् ।

हालसम्म शास्त्रीय संगीतमा केरलाका कलामण्डलम हेमलथाले १ सय २३ घण्टा ६ मिनेट नृत्य गरेर गिनिज बुकमा नाम लेखाएको रेकर्ड छ । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै मात्रै केरलाकी रानी पनि भनेर सम्बोधन गरेका थिए ।

उमेरले बन्दना १७ वर्षकी मात्रै भइन् । सानै भए पनि उनको प्रतिभा विलक्षणको छ । त्यही भएर उनले गिनिज बुकमा जसरी पनि नाम लेखाएरै छाड्ने भनेर शुक्रबारदेखि नृत्य सुरु गरेकी हुन् ।

अहिलेसम्म कल्चरल नृत्यमा भने कसैले पनि गिनिज बुकमा नाम लेखाएका छैनन् । हाल बन्दनाले पूर्वको मारुनी, नौमति बाजा, लगायतका नेपालका संस्कृति झल्किने सयौं गीतमा नृत्य गरेर विश्व किर्तिमान कायम गर्ने तयारीमा जुटेकी छन् ।

उनले नृत्य सुरु गर्दा ९ बजेको थियो । उनले ‘आँखैमा राख्छु मेरो देश’ बोलको गीतबाट नृत्यको थालनी गरेकी थिइन् । त्यसयता सयौं गीतमा नृत्य गरिसकेकी छन् । उनले लगातार नृत्य गरेर नेपालको नाम राख्ने तयारी गरेपछि उनको चोतर्फी प्रशंसा भइरहेको छ ।

उनलाई हौसला दिन उनका आफनत, कलाकार तथा अन्य व्यक्तिहरु दैनिक राजधानीको बत्तिसपुतलीस्थित दिप फुडल्याण्ड पुग्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...