महिला हिंसा विरुद्धको अभियानमा दीप प्रज्वलन

Dip prajjalan

कपिलवस्तु । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानअन्तर्गत कपिलवस्तुमा मंगलबार दिप प्रज्वलन गरिएको छ ।

मानब बेचबिखन तथा लैङ्गिक हिंसाबिरुद्ध क्रियाशील विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिकाको गोलघरमा दिप प्रज्वलन गरिएको छ ।

सो कार्यक्रममा सहभागीहरुले अझै पनि महिलाहरु बलात्कार हुनुपरेको, बोक्सीको आरोपमा कुटपिट हुनुपरेको, कयौं महिला दाइजोको निउँमा जल्नु परेको, कयौं बेचबिखनको सिकार हुनुपरेको जस्तो जघण्य अपराध हुने गरेकाले यसलाई रोक्नुपर्ने कुरामा जोड दिएका थिए ।

सो दिप प्रज्वलन कार्यक्रममा कृष्णनगर नगरपालिकाकी उपप्रमुख सबनम खातुनले महिलाहरु अझैं बोल्न र हिंड्नसमेत खुला हुन नसकेकोमा चिनता व्यक्त गरिन् ।

सो कार्यक्रममा ईलाका प्रहरी कार्यालयका कार्यलय प्रमुख सुर्य बोगटी, उद्यग बाणीज्य संघका अध्यक्ष गुरुचरण सिंह, लाईन्स क्लबका दिनेश गुप्ता लगायत बिभिन्न संघ सस्थाहरुका प्रतिनिधिको सहभागिता थियो । सो कार्यक्रम सन्चालन केआई नेपालक संयोजक केशर बिश्वकर्माले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...