अमेरिका प्रवेश गर्ने ४२ जना आप्रवासी पक्राउ

Amerika

काठमाडौं । मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिकी सिमा सुरक्षा बलले ४२ जना आप्रवासीलाई पक्राउ गरेको छ ।

अमेरिकी सिमा सुरक्षा बलका प्रमुख रोड्नी स्कटले सीमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेका अधिकांश पुरुष रहेका छन् ।

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा विगत लामो समयदेखि आप्रवासीसम्बन्धी विवाद हुँदै आएको छ । अमेरिकाले आप्रवासी नियन्त्रण गर्न सीमा क्षेत्रमा कडाइ गरेको छ ।

तर, मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न धेरै मुलुकका आप्रवासी सीमा क्षेत्रमा पुग्ने गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नियन्त्रण गर्न मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने घोषणा गरे पनि कार्यान्वयन हुन नसकेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...