मेक्सिकोको सिमाक्षेत्रबाट आप्रवासीलाई पक्राउ

Maxico

काठमाडौं । अमेरिकी सिमा सुरक्षा बलले मेक्सिकोको सिमाक्षेत्रबाट ४२ जना आप्रवासीलाई पक्राउ गरेको छ ।

अमेरिकी सिमा सुरक्षा बलका प्रमुख रोड्नी स्कटले सीमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका अधिकांश पुरुष रहेका छन् ।

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा विगत लामो समयदेखि आप्रवासीसम्बन्धी विवाद हुँदै आएको छ । अमेरिकाले आप्रवासी नियन्त्रण गर्न सीमा क्षेत्रमा कडाइ गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नियन्त्रण गर्न मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने घोषणा गरे पनि कार्यान्वयन भने हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...