द्वीपको किनारामा १४५ वटा ह्वेल मृत फेला

Whale dna8bha2n1

काठमाडौं । न्यूजिल्याण्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा १४५ वटा ह्वेल मृत अवस्थामा भेटिएको छ ।

न्यूजिल्याण्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार दिउँसो एकजना यात्री (हाइकर)ले यी मृत ह्वेलको समूह देखेका थिए ।

स्टेवार्ट आइल्यान्डका लागि संरक्षण विभागका व्यवस्थापक रेन लिप्पेनले बाँचेका ह्वेललाई अन्यत्र लैजान पनि कठिन रहेको बताए ।

‘धेरै टाढा, नजिकमा कर्मचारीको अभाव तथा ह्वेलको खस्किँदो अवस्थाका सहज मृत्युवरण गराउनु बाहेक अरु विकल्प थिएन ।’ उनले भने, ‘तर, यो निर्णय मुटुमाथि ढुङ्गा राखेर गर्नु परेको थियो ।’ एक साताभित्रै न्यूजिल्याण्डमा ह्वेलको यो चौथो सामूहिक मृत्यु थियो ।

न्यूजिल्याण्डका सामुद्रिक किनारामा ह्वेलहरु अलपत्र भेटिनेक्रम सामान्य झैं हो । संरक्षणकर्मीहरुका अनुसार वर्षमा औसतमा ८५ वटा घटना ह्वेलसँग जोडिएका हुन्छन् ।

आइतबार, दशवटा साना आकारका तर निकै हिंस्रक ह्वेलहरु उत्तरी आइल्यान्डमा अलपत्र भेटिएका थिए । तीमध्ये दुईवटाको मृत्यु भइसकेको छ भने बाँचेका अरुको उद्धार गर्ने प्रयत्न जारी रहेको छ ।

ह्वेलहरु र डल्फिन किन अलपत्र हुन्छन् भन्ने यथार्थ जानकारी छैन । तर, बिरामी पर्ने, बाटो बिराउने, भौगोलिक अवस्था, ठूल्ठूला छाल, अरु जनावरले गर्ने आक्रमण वा सङ्कटपूर्ण मौसमले समुद्रका यी भिमकाय जनावरको मृत्यु हुने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...