धर्म प्रचार गर्ने विदेशी नागरिक सरकारको निगरानीमा

Dharma prachar

काठमाडौं । सरकारले नेपालमा आएर इसाई धर्म प्रचार गर्ने विदेशी नागरिकको निगरानी थालेको छ । पछिल्लो समयमा नेपालमा विभिन्न वहानामा नेपालमा आई इसाई धर्म प्रचार गरिरहेको चर्चा चलेपछि सरकारले नेपालमा आई धर्म प्रचारमा लाग्ने विदेशी नागरिकको निगरानी गर्न थालेको हो ।

यसैक्रममा शुक्रबार मात्रै पनि गृह मन्त्रालयले इसाई धर्म प्रचार गर्ने एक अस्ट्रेलियाली युवतीलाई निष्कासन गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले अध्ययन भिसाको दुरुपयोग गर्दै धर्म प्रचारमा संलग्न भएको आरोपमा अस्ट्रेलियाली युवती क्याटिया ग्रामलाई कात्तिक २६ मा पक्राउ गरी उनलाई अध्यागमन विभागमा बुझाएको थियो ।

राजधानीको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा मानविकी संकायमा अध्ययन गर्न भिसा लिएकी अस्ट्रेलियाली युवती ग्रामलाई गृहले नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्ध लगाई निष्कासन गर्ने निर्णय गरेको छ ।

नेपालको संविधानले धर्म प्रचारलाई निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले ग्रामका साथबाट धर्म प्रचार गर्दा चाहिने बाइबल, डायरी, पर्चालगायत भिडियोसमेत फेला पारेको थियो ।

ग्रामले अध्ययन गर्न भिसा लिएको भए पनि उनी नेपाल आएदेखि नै इसाई धर्म प्रचारमा लागेकी थिइन् । उनलाई प्रहरीले बर्दियाको गुलरिया नपरपालिकास्थित बजार क्षेत्रमा केही नेपालीलाई साथमा लिएर गुलरिया क्षेत्रमा क्रिस्चियन धर्म प्रचार गरिरहेको भेटाएपछि पक्राउ गरेको थियो । अस्ट्रेलिया फर्किने हवाई टिकट पेस गरेपछि विभागले उनलाई फिर्ता गर्नेछ ।

त्यसैगरी गृह मन्त्रालयले भिसा दुरूपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका २ जापानी महिलालाई कात्तिक २९ मा ५ वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ निस्कासन गरेको थियो । मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाइ धर्म परिवर्तन गराउँदै आएका थिए ।

धर्म परिवर्तन गराउन संलग्न ती जापानीहरू पर्यटक भिसामा बस्दै आएका थिए ।

यसअघि अध्यागमन विभागले असारमा व्यावसायिक भिसा लिएर धर्म प्रचारमा संलग्न भएको आरोपमा एक फिलिपिनी दम्पतीलाई समेत निष्कासन गरेको थियो ।

गृह मन्त्रालयले अहिलेसम्म धर्म प्रचारमा संलग्न भएको अरोपमा विभिन्न मुलुकका ५ विदेशी नागरिकलाइ निष्कासन गरिसकेको छ । विभागले भिसा दुरुपयोग गर्दै धर्म प्रचारलगायत अन्य आपराधिक गतिविधिमा विदेशीको संलग्नता बढेको भन्दै त्यस्ता विदेशीमाथि थप निगरानी बढाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...