१ हजार ७० किलोको फर्सी फलाएर इतिहासकै वजनदार फर्सीको रुपमा किर्तिमान !

Pumpkin

काठमाडौं । अमेरिकाको सनफ्रान्सिस्कोमा भएको फर्सी प्रतियोगितामा राखिएको १ हजार ७० किलो तौल भएको फर्सीले अमेरिकाको इतिहासकै वजनदार फर्सीको रुपमा किर्तिमान कायम गरेको छ । यो फर्सी विश्वमा अहिलेसम्मकै फलेको दोश्रो ठूलो फर्सी बनेको छ ।४४ औँ World Champoinship Pumpkin Weigh-Off  मा प्रदर्शित उक्त फर्सी जोएल होल्लार्ड नामक किसानले फलाएका हुन् । फर्सी प्रतियोगितामा उनको यो सातौँ जित हो ।

यो फर्सी फलाउने किसानले २३६३ पाउण्ड तौलको फर्सीको प्रति पाउण्ड तौल बराबर ७ अमेरिकी डलरका हिसाबले १६५४१ डलर पुरस्कार पाए ।विश्वमा अहिलेसम्म फलेको सबैभन्दा वजनदार फर्सी चाहीँ बेल्जियमको हो । बेल्जियमका किसान माथाइस विलेमिज्नसले गत वर्ष ११९० किलो तौलको फर्सी फलाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...