मुसलमान धर्मगुरुहरूको भेलामा विस्फोट हुँदा ५० को मृत्यु

Kabul aakraman

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित काबुलमा मुसलमान धर्मगुरुहरू भेला भएको हलमा विस्फोट हुँदा कम्तीमा ५० जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले बताएको छ । अन्य ६० जना घाइते भएका छन् ।

पीडी फिफ्टिन ड्रिस्ट्रिकस्थित युरेनस हलमा पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउन मुसलमान धर्मगुरूहरू भेला बेला सो विस्फोट भएको हो ।

पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरू भेला भएका बेला विस्फोट भएको हो । विस्फोटमा कम्तीमा ८३ जना घाइते भएका छन् । एक जना आत्मघाती हमलाकारीले विस्फोट गराएको अफगानी अधिकारीहरुले जनाएका छन् ।

विमानस्थल नजिकै रहेको उक्त हलमा विस्फोट भएका बेला कम्तीमा एक हजार मानिस रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैनन् ।

प्रारम्भिक विवरणहरूका अनुसार एकजना आत्मघाती हमलाकारीले सो विस्फोट गराएकोतर्फ संकेत गरेको एकजना सरकारी प्रवक्ताले बताए ।
अमेरिकी नेतृत्वको फौजले परास्त गर्नका लागि अर्बौँ डलर खर्च गरेको तालिबान विद्रोही हाल अफगानिस्तानको ७० प्रतिशत भूभागमा खुल्ला रूपमा सक्रिय रहेको बीबीसीको एउटा अनुसन्धानले देखाएको छ ।

महिनौँ लगाएर गरिएको अध्ययनले सन् २०१४ मा विदेशी फौजले अफगानिस्तान छाडेपछि तालिबान लडाकुको खतरा अथवा नियन्त्रणमा कसरी वृद्धि भएको छ भन्ने देखाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...