अस्पतालमा गोली चल्दा ४ जनाको मृत्यु

Sikago hospital

सिकागो, अमेरिका । अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार ३ बजे गोली चल्दा ४ जनाको मृत्यु भएको हो । ज्यान गुमाउनेमा १ चिकित्सक, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र बन्दुकधारी स्वयं छन् । नाम नखुलेका गनम्यानले ३ जनाको हत्यापछि आफैंलाई गोली हाने या प्रहरीको गोलीले उनी मारिए भन्ने नखुलेको बीबीसीले लेखेको छ ।

मारिएका महिलामध्ये एक जनासँग गोली चलाउने व्यक्तिको सम्बन्ध रहेको बताइएको छ । तर, उनले गोली नै किन हाने भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

अमेरिकाका लागि गोली चलाउने घटना टाउको दुखाइको विषय बन्दै गइरहेको छ । केही महिनाअघि मात्रै अमेरिकाको एक विद्यालयमा गोली चल्दा कैयनको ज्यान गएको थियो । त्यसपछि व्यक्तिगत हतियार राख्न पाउने नियममा पुनर्विचार गर्नुपर्नेबारे बहस चल्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...