छठ पर्व धुमधामका साथ मनाइदैं, किन मनाइन्छ छठ पर्व हेरौं

Xattt

सप्तरी (सिमरा) । नेपालीहरुका दुई ठूला चाड दशैं र तिहार लगत्तै छठको चहल पहल शुरु भएको छ । विशेष गरी छठपर्व तलाउ पोखरी, ताल तलैया लगायतका जलाशयमा पानी भित्र बसेर सुर्यको पुजा आराधाना गर्ने पर्ब हो ।

यसका पर्बका लागि यतिबेला विभिन्न पोखरी नहर, नदी, नालाहरु सरसफाई गरी घाट बनाइने गरीन्छ ।

सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न जलाशयहरु विभिन्न संघसंस्था र यूवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाल लगायतको व्यवस्था मिलाउन थालिसकेका छन् ।

छठ पर्वको लागि बजारमा आवश्यक सामाग्री खरिदहरुको भिड पनि उतिकै बढेको छ । खास गरी तराई मधेशका जिल्लाहरुमा छठ पर्व धुमधामका साथ मनाउने गरिन्छ ।

नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् ।

बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्री लगायत छठ पर्वमा आवश्यक नरिवल जस्ता फलफुल किनमेल गर्न स्थानीयवासी व्यस्त भएका हुन ।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ समापन हुने गर्दछ ।

पछिल्लो समय मैथिल समुदायले भन्दा पनि सबै क्षेत्र र समुदायले यो पर्व सबै समुदाय विच लोकप्रिय हुँदै गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...