होटलबाटै पूर्व मुख्यमन्त्रीका छोरा बेपत्ता

Lalu tej pratap

भारत । बिहार राज्यका पूर्वमुख्यमन्त्री लालु यादवका छोरा तेज प्रताप यादव होटलको कोठाबाट बेपत्ता भएका छन् ।

बिहारको पूर्व स्वास्थ्यमन्त्री समेत भइसकेका यादव पछिल्लो समय पत्नी ऐश्वर्यालाई सम्बन्ध बिच्छेद दिइसकेपछि चर्चामा छन् । पत्नीलाई सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गराएर बुवालाई भेट्न जेलमा गएका तेजप्रताप त्यहाँबाट पटनाको एक होटलमा बसेका थिए ।

राती होटलमा बसेका उनले बिहानको खाना समेत मगाएको होटलले जनाएको छ । ५ नोभेम्बरबाट बेपत्ता भएका उनको अहिलेसम्म पत्ता लाग्न सकेको छैन । होटलमा उनीसँगै उनका सुरक्षाकर्मीहरु पनि थिए तर कसैलाई पनि उनी कसरी बेपत्ता भए भन्ने बारे केहि जानकारी छैन । तेज प्रतापको अहिले ब्यापक खोजी भईरहेका छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...