चितवनका कुखुरा किसान आन्दोलित

Kisan aandolan

चितवन । चितवनका कुखुरा पालक किसानहरु आन्दोलित भएका छन् । पोल्ट्रीको राजधानीका रुपमा स्थापित चितवनका किसान लागत अनुसार मूल्य नपाएपछि आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलत किसानहरुले कुखुराको चल्ला देखि गुणस्तरीय दाना, औषधी, ल्याव जस्ता समस्या देखि मूल्यको समानता नहुँदा कुखुरा पालक किसान मर्कामा परेको उनीहरुले बताए । चल्ला र दाना खरिद गर्दा सप्लायर्सको मनोमानी र मासुका लागि तयार भएका कुखुरामा विचौलियाको दलालीले किसान मर्कामा परेको उनीहरुको भनाई छ । भने विचौलियालाई समेत कार्वाही गर्न माग गरेका छन् ।

कुखुरा व्यवसाय गर्न धेरै युवाहरु इच्छुक हुदाहुदै पनि कुखुराका चल्ला र दानामा मनोमानी, औषधीको अभाव, ल्याव टेष्टमा समस्या, बजारीकरणमा समस्या र दक्ष प्राविधिक नहुनुले कुखुरा व्यवसाय फस्टाउन नसकेको उनीहरुको निष्कर्ष छ ।

सो अवसरमा बोल्दै किसानहरुको नेपाल कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष झलक पौडेलले चल्ला, दाना र तयारी मासु अनुसार कुखुराको मुल्य निर्धारण नभएसम्म आन्दोलन जारी राख्ने बताए ।

ह्याचरी, दाना र कुखुरा सप्लार्यसले चल्लाको मुल्यमा, दाना मुल्यमा र सप्लार्यस गर्दा अत्याधिक मुल्य भएको तर किसानल पाउने मुल्य कम भएपछि किसानहरु पलाएन हुने अवस्था आएपछि सांकेतिक रुपमा सडकमा उत्रिँदै आन्दोलन सुरु गरेको अध्यक्ष पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...