२८६औँ हप्ताको बागमती सफाईमा नायिका करिष्मा मानन्धर उपस्थित

२८६औँ हप्ताको बागमती सफाई

काठमाडौं । बागमती सफाई महाअभियानको २८६औँ हप्ताको सफाई अभियान बुद्धनगर पुलमा सम्पन्न भएको छ । शनिबारको अभियानमा नेपाली सिनेमा जगतकी सदाबहार नायिका करिष्मा मानन्धरको बिशेष उपस्थिती रहेको थियो ।

आजको अभियानबाट करिब ४ मेट्रिक टन फोहोर व्यबस्थापन गरीएको छ । अभियानमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती आयोजनासहित १८ वटा संघसंस्था र बागमती अभियन्ताहरुको उपस्थिती रहेको थियो ।

अभियानको समापनमा बोल्दै बिशेष अतिथी करिष्मा मानन्धरले प्रकृतीले बिना कुनै स्वार्थ मानिसलाई जीवन दिईरहेको हुन्छ तर मानवले प्रकृतीको आवश्यक्ता थाहा भएर पनि यसको संरक्षण गर्न सकिरहेका छैनौं भन्दै पूर्खाहरुले पौडी खेल्दै आएको बागमतीलाई अहिलेको पुस्ताले ढल जस्तो बनाएकोे बताइन् ।

बागमतीलाई पहिलाकै अबस्थामा फर्काउने प्रयास भइरहेकोले सरकारले जिम्मेवारी लिएर काम गर्नुपर्ने उनको सुझाब थियो । बागमती सफाई महाअभियान २०७० जेष्ठ ५ गतेदेखि निरन्तर संचालन हुँदै आएको छ ।

तत्कालिन मुख्य सचिव लिलामणी पौडेलको सक्रियतामा शुरु भएको अभियानमा हालसम्म करिब १० लाखजनाको सहभागीतामा करिब १८ सय संस्थाको सहभागीता भै सकेको छ भने करिब १५ हजार मेट्रिक टन फोहोर ब्यबस्थापन भैसकेको छ ।

यो अभियानको प्रेरणाबाट हाल उपत्यकाका सहायक नदी र चक्रपथ गरी करिब ११ स्थानमा र उपत्यकाका बाहिर करिब ९० स्थानमा सफाई अभियान संचालनमा रहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...